वीरमा असी प्रतिशत सेवा ठप्प
१५ साउन २०७१
•
१४ मिनेट पाठ
वीरमा असी प्रतिशत सेवा ठप्प
काठमाडौं- पाँच दिनदेखि जारी आवासीय चिकित्सकको हडतालले सबैभन्दा ठूलो सरकारी अस्पताल वीरका असी प्रतिशत सेवा ठप्प भएका छन्। हडतालका कारण आकस्मिकबाहेक सबै सेवाप्रवाहमा ठूलो असर देखिएको छ। बिहीबार पनि बहिरंग, अन्तरंग, शल्यक्रियासमेत नाम मात्रमा सञ्चालन भए। अस्पताल पुगेका बिरामी सेवा नपाएर अन्यत्रै भौंतारिइरहेका देखिन्थे।वीरको ओपिडीमा दैनिक औसत १ हजार ५ सय बिरामीको जाँच हुने गरेकामा बिहीबार ३ सय ७९ मात्रै आएका थिए। दैनिक ३५ देखि ४० बिरामी भर्ना हुने अस्पतालमा बुधबार ७ जना मात्रै भर्ना भए भने २४ घन्टामा डेढ सयजति बिरामी आउने आकस्मिक कक्षमा पनि अपराह्न ती जना मात्रै बिरामी थिए।
२० देखि २५ मेजर शल्यक्रिया हुने अस्पतालमा बिहीबार छवटा मात्रै शल्यक्रिया भए। ती पनि सानो टिमले गर्नसक्ने सामान्य खालका मात्रै थिए। अस्पतालका अनुसार बिहीबार युरोलोजीसम्बन्धी दुई, पित्तथैलीका दुई र न्युरोसम्बन्धी दुइटा मात्रै शल्यक्रिया भएका थिए। अधिकांश शल्यक्रिया आकस्मिक मात्रै हुन्।
हडतालका कारण विभिन्न परीक्षण र शल्यक्रियाका लागि महिनौंदेखि पालो पर्खिएका बिरामीसमेत अस्पताल पुगेर त्यसै फर्किए। शल्यक्रियाका लागि भर्ना भएका कयौँ बिरामी अस्पतालमा अलपत्र रहे। 
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा अध्ययनरत र वीरमा कार्यरत झन्डै २ सय ८० आवासीय चिकित्सकले काम नगर्ने घोषणा गरेपछि सेवा प्रभावित भएको हो। आवासीयले काम छाडेको निहुँमा वरिष्ठ चिकित्सकसमेत सेवाप्रति उदासीन छन्।
अस्पतालका महŒवपूर्ण सेवा रेजिडेन्टकै भरमा चल्ने भएकाले रेजिडेन्टबिना काम गर्न अप्ठ्यारो हुने जानकारी अस्पताल प्रशासनलाई गराएको अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले जानकारी दिए। सेन्चुरीले वरिष्ठ चिकित्सकबाटै पर्याप्त सहयोग नपाउँदा सेवा सुचारु गर्न अप्ठ्यारो भएको बताए। हडतालले अन्तरंग र शल्यक्रिया सेवा धेरै प्रभावित भएको उनले स्विकारे।
वीरमा सरकारीअन्तर्गत १८ कन्सल्ट्यान्ट (११औं तह), ३४ विशेषज्ञ (दसौं तह), ५१ मेडिकल अफिसर कार्यरत छन्। न्याम्सअन्तर्गत १७ विशेषज्ञ र २१ मेडिकल अफिसर कार्यरत रहे पनि आवसीयको हडतालको निहुँमा अधिकांशले सेवा रोकेका छन्। केही मात्रामा चलेका ओपिडीमा पनि एक/दुईजनामात्रै चिकित्सक देखिन्थे। अधिकांश वरिष्ठ चिकित्सक हाजिर गरेर बिहानै फर्किने गरेका छन्।
पाँच दिनयता अस्पताल भर्ना भएका बिरामीको उपचार नर्सिङ केयरको भरमा छ। 
यसैबीच, वरिष्ठले पनि काम छाड्दा सम्पूर्ण सेवा ठप्प हुने अवस्थाप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो लिएको छ। हडताल जारी रहँदा छड्के गर्न आएको अख्तियार टोलीले बिहीबार साँझ स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. तीर्थराज बुर्लाकोटी, स्वास्थ्य सेवा विभागमा महानिर्देशक डा. सेनेन्द्र उप्रेती, न्याम्सका कामु उपकुलपति डा. मुकुन्दराज पन्थी, निमित्त निर्देशक डा. सेन्चुरी र आन्दोलनरत चिकित्सकलाई साँझै कार्यालयमा बोलाएर छलफल गरेको छ।
अख्तियार टोलीले अस्पतालमा कार्यरत चिकित्सकको हाजिरी जाँच, बिहीबार निर्णय भएका फाइल अनुगमनका साथै आन्दोलनकारी चिकित्सकसँग सोधपुछ गरेको थियो। वीरबाट फर्किएलगतै अख्तियारले आन्दोलनकारी र जिम्मेवार अधिकारीलाई बोलाएर तत्काल सेवा सुचारु गर्न निर्देशन दिएको छ। 
अख्तियारले शुक्रबारसम्म माग पूरा गर्न सम्बन्धित पक्षलाई निर्देशन दिने आश्वासन दिएको आन्दोलनरत आवासीय चिकित्सकहरुका अध्यक्ष डा. मंगल रावलले जानकारी दिए। डा. रावलले आफूहरुलाई अख्तियारले जायज माग उठाएको भन्दै धन्यवाद दिएको दाबी पनि गरे। 'अख्तियारका जिम्मेवार अधिकारीले अब सम्पूर्ण अस्पतालको छानबिन गर्छौं भन्नुभएको छ,' डा.रावतले भने।
सिटी जडान नहुँदासम्म हडताल नटुंगिने 
पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढिसकेको र अन्य माग क्रमशः पूरा गर्ने भन्दै स्वास्थ्य मन्त्रालयले हडताल रोक्न आग्रह गरे पनि आन्दोलनरत चिकित्सकले पुनः इन्कार गरेका छन्। आवासीय चिकित्सकले उठाएका पदाधिकारी नियुक्ति, दीक्षान्त समारोह, सिटी स्क्यान व्यवस्था, छात्रावासलगायत मागलाई लिएर बिहीबार मन्त्रालयमा भएको वार्तामा निमित्त सचिव डा. बुर्लाकोटीले मागबारे लचकता देखाए पनि चिकित्सकले हडताल रोक्न मानेनन्।
रेजिडेन्स एसोसिएसन अफ न्याम्स (र्या्न) का अध्यक्ष डा. रावलले वीरमा सिटी स्क्यान जडान नहुँदासम्म पदाधिकारी नियुक्ति भए पनि हडताल नरोक्ने बताए। स्वास्थ्य मन्त्रालयले सिटी जडानका लागि डेढ महिना समय मागेको छ। पदाधिकारी नियुक्ति तत्कालै गर्ने र पदाधिकारीले तत्काल दीक्षान्त गराउनेमा भने दुई पक्षबीच सहमति भएको छ। 
अख्तियारले तत्काल कुनै अपार्टमेन्ट भाडामा लिएर भए पनि छात्रावास व्यवस्था गर्न निर्देशन दिएको छ। 'अन्य मागमा सहमति भइसकेको छ, तर उहाँहरु एक/दुई दिनमै सिटी जडान हुनुपर्छ भन्नुहुन्छ, जुन सम्भव छैन,' न्याम्सका कामु उपकुलपति पन्थीले भने, 'सरकार माग पूरा गर्न तयार भएपछि बिरामीलाई दुःख दिन हडताल जारी राख्नुपर्ने अवस्था छैन।' डा. रावलले भने सरकारले चाहँदा सिटी एकदिनमै जडान हुनसक्ने दाबी गर्दै यो माग पूरा नभई हडताल नटुंगिने बताए। 
यसैबीच, वीरबाहेक र्यायम्समा आबद्ध विभिन्न सरकारी अस्पतालका आवासीय चिकित्कसले पनि बिहीबारदेखि काम छाडेर वीरको आन्दोलनलाई सघाएका छन्। 'आज (बिहीबार) देखि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत विभिन्न अस्पताल (प्रसूति, कान्ति, पाटन, नेपाल आँखा अस्पताल, तीलगंगा आँखा अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, गंगालाल) मा अध्ययनरत १२१ आवासीय चिकित्सक आन्दोलनको समर्थनमा इमर्जेन्सीबाहेकका सेवा छाडेर वीरमा आउने र परिस्थिति यथावत रहे सम्पूर्ण सेवामा आवासीय चिकित्सक सहभागिता नरहने स्पष्ट पार्न चाहन्छौं,' र्यातम्सका अध्यक्ष डा. रावलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 
बक्स 
पदाधिकारी भागबन्डामा सहमति, प्रधानमन्त्री असन्तुष्ट
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा रिक्त पदाधिकारी नियुक्तिका लागि प्रमुख सत्ता साझेदार दल कांग्रेस र एमालेबीच सहमति जुटेको छ। 
डेढ महिनाअघि कुलपति हैसियतमा प्रधानमन्त्री सुशील कोइरालाले गठन गरेको समितिमा दुई दलबीच विभिन्न पद भागबन्डा गर्ने सहमति भएको हो। स्वास्थ्यमन्त्री खगराज अधिकारी संयोजक, डा.चोपलाल भुषाल र डा. विश्वराज जोशी सदस्य रहेको समितिमा बुधबारै भागबन्डा मिलेको थियो। डा. भुषाल कांग्रेस कोटामा र जोशी एमाले कोटामा सदस्य भएका थिए।
भागबन्डाअनुसार उपकुलपतिलगायत डिन पदमा एमाले निकटका चिकित्सक नियुक्त हुनेछन् भने अस्पताल निर्देशक, रजिस्ट्रार र कार्यकारी सदस्यमा कांग्रेस निकटका चिकित्सकले भाग पाउनेछन्। रेक्टर पद माओवादीलाई दिने सहमति भएको उच्च स्रोतको भनाइ छ। समितिका सदस्य डा. भुषालले पदाधिकारी नियुक्तिमा 'करिब–करिब सहमति भएको, मन्त्रीले प्रधानमन्त्रीलाई सहमत गराएर खबर गर्ने बताएको जानकारी दिए। 'करिब–करिब सहमति भएको छ, तर टुंगिसकेको छैन,' डा. भुषालले भने।
स्रोतका अनुसार एमालेले उपकुलपतिमा सहप्राध्यापक डा. गणेश गुरूङलाई सिफारिस गर्नेछ। सहमतिअनुसारै स्वास्थ्यमन्त्री अधिकारीले प्रधानमन्त्रीलाई भेटेर नाम बुझाए पनि प्रधानमन्त्रीले थुपै प्राध्यापक कार्यरत प्राज्ञिक संस्थामा सहप्राध्यापकको नाम सिफारिस गरेको भन्दै पुनर्विचारका लागि आग्रह गरेको उच्च स्रोतको भनाइ छ। गुरुङको सिफारिसप्रति एमाले निकटकै वरिष्ठ प्राध्यापकले समेत असन्तुष्टि जनाएकाले नियुक्ति अगाडि बढ्न सकेको छैन।
प्रधानमन्त्रीले अन्य केही वरिष्ठ चिकित्सकसँग परामर्श गरेर नाम टुंग्याउने जवाफ दिएको स्रोतको भनाइ छ। न्याम्सको उपकुलपति सहकुलपति समितिको सिफारिसका आधारमा प्रधानमन्त्रीले र उपकुलपतिको सिफारिसमा अन्य पदाधिकारी सहकुलपतिले नियुक्त गर्ने व्यवस्था छ।
एमाले कोटामा वरिष्ठ चिकित्सकले आकांक्षा राखे पनि एमाले निकट कर्मचारी युनियनले गुरूङको नाम सिफारिस गरेको जनाइएको छ। पाँच दिनदेखि आन्दोलनरत आवासीय चिकित्सकको पनि गुरूङलाई समर्थन रहेको स्रोतको भनाइ छ। आन्दोलनको नेतृत्वकर्ता रेजिडेन्टमध्ये २४ जना गुरुङकै विद्यार्थी हुन्।
प्रधानमन्त्रीले अमेरिका जानुअघि नै समिति बनाए पनि विवादकै कारण सिफारिसमा ढिलाइ भएको थियो। कांग्रेसले कम्तीमा प्राध्यापक तहलाई उपकुलपति बनाउन अडान लिए पनि एमालले आफूले नेतृत्व गरेको मन्त्रालय भन्दै सहप्राध्यापक गुरुङको नाम फिर्ता लिएन। सत्तारुढ दलबीच सरकार गठनकै बेला मन्त्रालय नेतृत्वकर्ता दलले नै मातहत निकायका प्रमुख पद पाउने सहमति भएकाले बढी संख्या लिएर कांग्रेसले उपकुलपतिमा दाबी छाडेको हो।
चार वर्षअघि पनि न्याम्समा पदाधिकारी नियुक्ति विवादमा न्याम्सका आवासीय चिकित्सकले १९ दिनसम्म सेवा ठप्प पारेका थिए। त्यतिबेला ६ मध्ये प्रमुख तीन दलले दुई/दुई पद भागबन्डा गरेका थिए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस