काठमाडौं- भोटेकोशी नदीलाई थुन्ने गरी गएको पहिरोबाट हुनसक्ने सभ्भावित जोखिम कम पार्न हेलिकप्टरबाट विस्फोटक खसाउनेबाहेकका विकल्प नरहेको बताइएको छ।गृह मन्त्रालयमा बसेको बैठकले बिहानै 'रेकी'का लागि घटनास्थलमा हेलिकप्टर पठाएको थियो। हेलिकप्टरले निरीक्षण गरेर फर्केको छ। 'थुनिएको ठाउँमा हेलिकप्टरबाट विस्फोटक पदार्थ झारेर पानीको निकास गराउनेबाहेक विकल्प छैन,' सिन्धुपाल्चोकका नेता तथा एमाले केन्द्रीय सदस्य अरुण नेपालले भने, 'मौशम खराव छ तलबाट त्यहाँसम्म पुग्न सकिने स्थिति छैन।'
उनका अनुसार तत्काल पानीको निकास नखोल्ने हो भने यसले ठूलो धनजनको क्षति पुर्याउने छ। 'तत्काल केही गर्न सकिएन भने सुनकोशी जलविद्युदेखि दोलालघाटसम्म यसले प्रभाव पार्नेछ,' नेपालले भने।
उनका अनुसार तत्काल पानीको निकास नखोल्ने हो भने यसले ठूलो धनजनको क्षति पुर्याउने छ। 'तत्काल केही गर्न सकिएन भने सुनकोशी जलविद्युदेखि दोलालघाटसम्म यसले प्रभाव पार्नेछ,' नेपालले भने।