पोखरा-सेती नदीको कास्की निर्मलपोखरीस्थित द्वारकेसरी घाटबाट ढुंगाबालुवा निकाल्न अवरोध गरेको भन्दै ठेकेदारका आफन्त र प्रहरीले गाउँलेमाथि कुटपिट गरेको छ। घाटबाट बालुवा निकाल्दा गाउँलाई नै खतरा पुगेको भन्दै ज्ञापन गराउन जिल्ला विकास समिति कास्की पुगेका गाउँलेमाथि प्रहरीले त्यहीँ कुटपिट गरेको हो।कुटपिटबाट ८ जना घाइते भएका छन्। तीमध्ये सिकिस्त प्रकाश पौडेलको चरक अस्पतालमा उपचार भइरहेको छ। प्रकाशको टाउकोमा चोट लागेको छ। अरू घाइते सामान्य उपचारपछि घर फर्केका छन्। जिविसमा गएर त्यहाँका कर्मचारीमाथि आक्रोश पोखेका गाउँलेमाथि प्रहरीले लाठीले कुटेको थियो। वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक सुन्दर तिवारीको नेतृत्वमा खटिएको प्रहरीले अन्धाधुन्द लाठी प्रहार गरेको हो।
गिटी बालुवा निकाल्दा निजी तथा सार्वजनिक जमिन कटान भएको भन्दै समाज सुधार आमा समूहले घाट ठेक्का नदिन जिविसलाई पटकपटक अनुरोध गर्दै आएको थियो। तर नयाँ ठेक्का पाएका ठेकेदारका कामदार शुक्रबारबाट ढुंगा बालुवा निकाल्न घाट पुगेका थिए। उनीहरूलाई अवरोध गर्न खोज्दा आफूहरूमाथि हातपात भएको आमा समूहकी अध्यक्ष रमा आचार्यले नागरिकलाई बताइन्। घाटमै छेक्न नसकेपछि त्यसको विरोध जनाउन उनीहरू जिविस पुगेका थिए।
‘हाम्रा मठ, मन्दिर र जग्गा मिन जोखिममा परेकाले घाट बन्द गर्न भनेका थियौं,' आचार्यले भनिन्, ‘तर फेरि बालुवा निकाल्न आएकाले त्यसको विरोध गरेका हौं।' उनीहरुले घाट बन्द गर्न तीन वर्षदेखि आग्रह गर्दै आएका थिए। तर जिविसले चालु आवका लागि उक्त घाट ३७ लाख रुपैयाँमा ठेक्का लगाएको छ।
असार ६ गते बसेको सर्वदलीय बैठकले पनि घाट बन्द गर्न जिविसलाई अनुरोध गरेको थियो। ‘तर हामीलाई गुन्डा लगाएर कुटियो,' आचार्यले भनिन्, ‘महिलालाई जबरजस्ती हातपात र अभद्र व्यवहार गरियो।'
प्रहरीको कुटाइबाट ७६ वर्षीय ईन्द्रबहादुर अधिकारी, ६० वर्षीया पूर्णमाया नेपाली, ३१ वर्षीया चन्द्र नेपाली, ३० वर्षीया बाटुली नेपाली, ३० वर्षीया शर्मिला भट्टराई, ४८ वर्षीय रमादेवी आचार्य र ४३ वर्षीय हरिकृष्ण आचार्य पनि घाइते भएका थिए। उनीहरु ४ घन्टाको उपचारपछि घर फर्केका छन्। ‘जिउ थिलोथिलो भएको छ,' आचार्यले भनिन्।
प्रहरीले भने जिविसको सानो हलमा समीक्षा बैठक चलिरहेको बेला आक्रोशित स्थानीयले तोडफोडको प्रयास गरेपछि सामान्य बल प्रयोग गरेको प्रतिक्रिया दिएको छ। स्थानीयले जिविसका योजना अधिकृत निशानराज गौतमको सर्टको दाहिने बाउलासमेत च्यातिदिएको प्रहरीले बताएको छ। आक्रोशित स्थानीयबासीले हलमा रहेको ल्यापटप, प्रोजेक्टर लगायत सामान तोडफोड गरेका थिए।
जिविसले भने प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवदेनले घाट सञ्चालन गर्न सकिने देखाएकाले ठेक्का लगाएको दाबी गरेको छ। पीडितले शुक्रबार साँझसम्म जिविस कार्यालयमा धर्ना दिएका थिए। उनीहरुले न्यायको माग गरेका छन्।