चौतारा- सिन्धुपाल्चोकको धुस्कुन र राम्चे गाविसको बीचमा पर्ने जुरे भन्ने ठाउँमा गएको भीषण पहिरोबाट थुनिएको नदीको डुबानमा पर्दा अहिलेसम्म पाँचजनाको मृत्यु भइसकेको छ। मृतकको पहिचान हुन सकेको छैन
प्रहरीका अनुसार डुबानमा परेर गम्भीर घाइते भएका तीन जनाको बाह्रबिसेस्थित स्टोन अस्पतालमा उपचार भइरहेको छ भने सामान्य घाइते १२ जनाको खाडीचौरस्थित सशस्त्र प्रहरी वेसक्याम्पमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइतेलाई उपचारका लागि काठमाडौँ लाने बाटोसमेत बन्द भएकाले थप समस्या भएको छ।
अहिले राम्चेतर्फबाट पनि पहिरो झरेकाले नदी तत्काल खुल्ने सम्भावना नभएको प्रहरीले जानकारी दिएको छ। अहिलेसम्म वनसाँघुको ड्याममा रहेको करिब २० घर पूर्णरुपमा डुबानमा परिसकेका छन्।
बाढीलाई मध्यनजर गर्दै अरनिको राजमार्ग पूर्णरुपमा बन्द गरिएको छ। काठमाडौँबाट जाने सवारी साधनलाई दोलालघाट नजिकै वनदेउमा रोकिएको छ भने तातोपानीबाट काठमाडौँतर्फ आउँदै गरेका सवारी साधनलाई बाह्रबिसेमाथिको खोर्सानीबारीमा रोकिराखेको छ।
पहिरोका कारण थुनिएको सुनकासीको बाँध फुट्ने त्रासले लामोसाँघुदेखि दोलालघाटसम्मका अरनिको राजमार्ग छेउछाउ र नदी आसपास बस्तीका बासिन्दा घर छोडेर सुरक्षित स्थानतर्फ भागिसकेका छन्।
अहिले प्राविधिकसहितको नेपाली सेनाको टोली राजधानीबाट आएपनि नदी खोल्न सकेको छैन।