सिन्धुपाल्चोक – हिजो सेनाले ब्लास्ट गरेपछि भोटेकोशीमा तीन चौथाई पानी बगेको भएपनि आज बिहानभने भोटेकोशीको बहाव पहिलेकै अवस्थामा पुगेको छ। पानीको बहाव पहिलेकै अवस्थामा पुगेको भए पनि पहिरोले थुनेर बनेको तालको सतह यथावत देखिन्छ।
दुई सय मिटर गहिरो र डेढ किलोमिटर लामो तलाव यथावत भए पनि स्थानीयले हिजोभन्दा आजको अवस्थालाई सहजरुपमा लिएका छन्। प्रशासनका अनुसार १ सयभन्दा बढी मानिस वेपत्ता भएका छन्। हिजोकै पहिरोमा जोडिएको इटनी गाउँमा आज थप पाँच घर पहिरोमा बगेका छन्। पहिरोको मुखैमा भएका यी घर रित्तो बनाइएको थियो।
घटनास्थलमा भर्खरै गृहमन्त्री बामदेव गौतम अवलोकनका लागि पुगेका छन्।