जुम्लाको हिमा गाउँपालिकाको पाटनमा रहेको सामूहिक खर्कमा आगलागी भएको छ। आगलागीबाट २५ पाठापाठी जलेर नष्ट भएका हुन्। दिउँसो भेडाबाख्रा चराउनको लागि वनतिर लिएको र पाठापाठी खर्कभित्र राखेको अवस्थामा खर्कमा आगलागी भएको थियो।
हिमा गाउँपालिका २ को लेकमा सामूहिक खर्क निर्माण गरेर भेडापालन गरिएको थियो। आगलागीबाट २५ पाठापाठी मरेको किसान बीरबहादुर शाहीले जानकारी दिए। उनले भने,‘सबै भेडा चराउनको लागि वनतिर निस्किएका थिए। खर्कमा कोही थिएनन्। ठीक त्यही समयमा आगलागी भएछ। पाठापाठी त जलेर नष्ट भइसकेका थिए।’
खर्क पूरै जलेर नष्ट भइसकेको छ। पाठापाठी संगै २० बढी राडीकम्बल, लत्ताकपडा र भाडाकुँडा जलेका हुन्। दत्तबहादुर शाहीका ३, धनबहादुर रोकायाका ३ सहित १२ जना किसानका २५ पाठा जलेका हुन्।
उनले भने, ‘२५ पाठापाठी जल्नु किसानका लागि निकै दुःखको विषय हो। किसानले आगलागीबाट भएको क्षतिको विवरण बड्की प्रहरीचौकीलाई जानकारी गराइसकेको शिक्षक खाम्बा शाहीले जानकारी दिए।
उनले भने,‘किसान शोकमा छन्। खर्क पूरै जलेपछि ओत लाग्ने ठाउँ पनि छैन। खुला आकाशमा दैनिकी विताउन बाध्य छन्।’ समुन्द्री सतहदेखि झण्डै ४ हजार मिटर उचाइमा खर्क निर्माण गरि भेडा पालन गरिएको थियो।
अत्याधिक चिसो बढिसकेको र सामूहिक खर्क जलेर नष्ट भएपछि किसानलाई निकै दुःख भएको छ।