साउनमा भेटिँदैनन् सरकारी हाकिम
१८ साउन २०७१
•
८ मिनेट पाठ
साउनमा भेटिँदैनन् सरकारी हाकिम
इलाम-  प्राकृतिक प्रकोपको जोखिम न्युनीकरण गर्ने उद्देश्यले स्थापित जिल्ला भू–संरक्षण कार्यालयमा शुक्रवार चार कर्मचारी भेटिए, सहयोगी, चालक, खरिदार र अधिकृत। कार्यालय प्रमुख नागेश्वर शाह साउन ६ देखि अनुपस्थित रहेछन्। निमित्त प्रमुख सुरतलाल चौधरीले भने, 'हाकिम सा'ब विभागीय कामले राजधानी जानुभा'छ, दुई/चार दिनमा आइहाल्नुहुन्छ।'
 'दैवी प्रकोपका घटना भए के गर्नुहुन्छ?' नागरिकको प्रश्नमा चौधरीले भने, 'अहिले त के गर्न सकिएला र, बजेट र कार्यक्रमै छैन।' कार्यालयमा बजेट र कार्यक्रम त परको कुरा, साउन सुरुदेखि कर्मचारीहरु नै भेट्न मुस्किल पर्न थालेको छ। बजेट सक्न असारभर बिहादेखि बेलुकासम्मै कार्यालयमा भेटिनेहरु अहिले 'विभागीय काम' भन्दै बाहिर छन्, कार्यालयमा तल्ला कर्मचारी मात्रै।
 नामैले थाहा हुन्छ, महिला तथा बालबालिका कार्यालय महिला र बच्चाको हितमा काम गर्ने कार्यालय हो। घरेलु हिंसा, बलात्कार र सम्बन्ध विच्छेदले प्रताडितको संख्या उल्लेख्य रहँदा यो कार्यालयको सेवा भने निष्प्रभावी छ। कार्यालय प्रमुख निर्जला अधिकारी डेढ महिनादेखि अनुपश्थित छिन्। निमित्त प्रमुख भगवती घिमिरेले भनिन्, 'हाकिमसा'ब अब आइहाल्ने बेला भो।'
 निमित्त प्रमुखले 'आइहाल्ने' रटान दोहोर्‍याए पनि शाह र अधिकारी हाजिर भइहाल्ने छैनन्। 'साउन २६ सम्ममा आइपुग्छु' शाहले सेवाग्राहीलाई भन्दैछन्। आफन्त भेटघाटमा अमेरिका गएकी अधिकारी जोकोहीको सम्पर्कमै छैनन्। असारैदेखि अनुपश्थित हुने अधिकारी मात्रै हुन् भने साउन लागेपछि अनेक 'काम' देखाएर शाह झैं कार्यालय नआउने हाकिम दुई दर्जन जति छन्।
 पुरानो आर्थिक बर्षको हिसाव मिलान गरेर साउन लागेपछि फुक्काफाल भएका कार्यालय प्रमुख 'समीक्षा गोष्ठी, प्रगति प्रतिवेदन, बार्षिक भेला' आदि बहानामा हप्तौंलाई छुट्टीमा निस्केका छन्। जिल्लाको कर्मचारी प्रशासनलाई अह्रनखटन गर्ने प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र सहायक प्रजिअ सुमन फागो स्वयं छुट्टी बसेपछि धेरै कार्यालयमा कर्मचारी अनुपश्थित छन्।
 ४५ गाविस र दुई नगरपालिका भएको जिल्लामा निमित्त प्रजिअको जिम्मेवारी पशुपतिनगरस्थित सीमा प्रशासन कार्यालय प्रमुख तेजेन्द्र गौतमलाई दिइएको छ। गौतमले पशुपतिनगरमा अर्का कर्मचारीलाई निमित्त प्रमुख बनाएर सदरमुकाम आइ जिल्ला प्रशासन सम्हाल्दैछन्। सरुवा भएर आएको चार महिनापछि प्रजिअ दाहाल छुट्टीमा गएका हुन्। उनी फर्किने टुङ्गो छैन।
 स्थानीय विकास अधिकारी मदन कोइराला 'युनिसेफको कार्यक्रम' भन्दै राजधानी छन्। उनीसँगै हिँडेका इलाम नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारी फर्केका छैनन्। पूर्वाञ्चल डिभिजन सडक कार्यालय प्रमुख चन्द्रनारायण यादव निकै दिनदेखि अनुपश्थित छन्। नापी शाखा प्रमुख रामकुमार बस्नेतलाई पाँच दिनदेखि सेवाग्राहीले कार्यालयमा भेटेका छैनन्।
 'चौमासिक समीक्षा' भन्दै पशु विकास अधिकृत पशुपति ढुंगाना राजधानीतिर छन्। अरुबेलै कार्यालयमा खासै नबस्ने विद्युत प्राधिकरण प्रमुख राजीव शर्मा राजधानीतिरै छन्। वनस्पति कार्यालयका कृष्णराम भट्टराई, खानेपानी तथा सरसफाई डिभिजन प्रमुख जगत धौभडेल र निर्वाचन कार्यालयका कमल भट्टराई भिन्नाभिन्नै काम देखाएर कार्यालय आएका छैनन्।
 घरेलु तथा साना उद्योग विकास कार्यालयमा हाकिमै छैनन्। जिल्ला हुलाककी बृन्दा सिटौला अनुपश्थित छिन्। अरुबेलै खासै नभेटिने मेची पहाडी पर्यटन विकास समितिकी सदीक्षा कार्की देखिएकी छैनन्। पशुपतिनगर, फिक्कल, मंगलबारे, नयाँबजार आदिका सरकारी कार्यालयमध्ये धेरैमा प्रमुख छैनन्। उनीहरु पनि 'घरबिदा' होइन 'कार्यालयकै काम' भन्दै अनुपश्थित छन्।
  निजामति सेवा नियमावलीमा कार्यालय प्रमुख हुन् या तल्लो तहका कर्मचारी, उनीहरुले बर्षमा ५४ दिन बिदा पाउने उल्लेख छ। जसमा, घरबिदा ३०, बिरामी बिदा १२ र पर्व बिदा १२ दिन तोकिएको छ। घरबिदा एक सय ८० दिनसम्म सञ्चित हुन्छ। बिरामी बिदा जति पनि सञ्चित हुन्छ। पर्व बिदा चैत मसान्तभित्र सक्नुपर्छ। प्रमुखहरु भने तोकेभन्दा बढी बिदा बस्छन्।
 'कुनै कुनै हाकिम त ५४ होइन सय दिनसम्म कार्यालयमा आएको पाईंदैन' अधिकृतबाट अवकाश पाएका एक कर्मचारीले भने, 'लामो समय अनुपश्थित भए पनि कतिले फर्केर हाजिर गर्छन्, कतिले भनसुनका भरमा बिदा बसेको देखाउँदैनन्।' इलाममा चार दिनअघिसम्म वन र शहरी विकास कार्यालयका प्रमुखसमेत नहुँदा केही सेवाग्राहीलाई मर्का थियो।
 जिल्लामा अनुपश्थित कार्यालय प्रमुखले 'समीक्षा बैठकमा गएको' बताए पनि उनीहरुले भने झैं विभाग र मन्त्रालयमा त्यस्ता बैठकै नभएकोसमेत पाइएको छ। कार्यालयकै काममा हिँडेको बताएर घरमा बस्ने, व्यवहार मिलाउने र सरुवाको चक्करमा लाग्नेसमेत छन्। परराष्ट्र मन्त्रालयमा कार्यरत उपसविच उमाकान्त आचार्य भन्छन्, 'हरेक समीक्षामा हाकिमै आइरहनपर्दैन।'
 नयाँ आर्थिक बर्षको सुरुमा काम, बजेट र योजना नहुनाले कार्यालय प्रमुखहरु व्यक्तिगत काममा केन्द्रित भएको पाइन्छ। जिल्लाका थुप्रै प्रमुख तथा कर्मचारी कार्यालयमा नभेटिएकाबारे प्रश्न गर्दा निमित्त प्रजिअ तेजेन्द्र गौतमले भने, 'सेवाग्राहीको धेरै चाप हुने कार्यालयमा कर्मचारी छन्, काम नहुने छुट्टीमा बसेका हुन्।' गाविस सचिवसमेत कार्यालय नबस्नाले सेवाग्राही मारमा छन्।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस