पहिरोमा तीन घर बग्दा ५ को मृत्यु, ५ बेपत्ता
१९ साउन २०७१
•
४ मिनेट पाठ
पहिरोमा तीन घर बग्दा ५ को मृत्यु, ५ बेपत्ता
संखुवासभा- स्याबुन–३, फच्याङमा सोमबार बिहान १ बजे गएको पहिरोमा परेर तीनवटा घर बग्दा पाँचजनाको मृत्यु भएको छ भने पाँचजना बेपत्ता छन्। सदरमुकाम खाँदबारीबाट पाँच घन्टा पैदल दुरीमा रहेको स्याबुनको पहिरोक्षेत्रबाट सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र गाउँलेको टोलीले साँझसम्म पाँचजनाको शव निकालेको जिल्ला प्रहरी प्रमुख डिएसपी कमल थापाले जानकारी दिए। पाँचजना अझै बेपत्ता रहेको उनले बताए।

उनका अनुसार ६८ वर्षीय कृतिमान कोइराला, उनकी श्रीमती ५५ वर्षीया देवीमाया र १४ वर्षीया छोरी तुुलसा तथा ६३ वर्षीय मेहरमान कोइरालाको शव फेला परेको हो। ८ वर्षीय प्रज्ज्वल कोइरालाको शव बिहानै भेटिएको थियो। 'साँझ परेकाले खोजी स्थगित गरिएको छ,' डिएसपी थापाले सोमबार नागरिकसँग भने, 'फेला परेका शव आफन्तलाई बुझाउन लागेका छौं, मंगलबार बिहानैदेखि बाँकी बेपत्ताकोे खोजी थालिनेछ।'
मेहरमानकी ५८ वर्षीया श्रीमती कुमारी, ३५ वर्षका पूर्णबहादुर कोइरालासहित उनका ७२ वर्षीय बाबु इन्द्रबहादुर, ३० वर्षीया श्रीमती सम्झना र १० वर्षका छोरा रोशन कोइराला अझै बेपत्ता छन्। चिंखुवा निमावि, जलजलाका प्रधानाध्यापकसमेत रहेका पूर्णबहादुरको परिवारका सबैलाई पहिरोले बगाएको छ। बिहान शव भेटिएका प्रज्ज्वल पूर्णबहादुरकै छोरा हुन्।
खेती गर्न बेँसीको गोठमा रहेका मेहरमानका छोराबुहारी र नाति–नातिनीसहित पाँचजना बचेका छन्। कृतिमानका दुई छोरा भने विदेशमा रहेको छिमेकीहरूले बताए। कामविशेषले पल्लोगाउँ गएका उनका एक छोरा गएराति उतै बसेका थिए।
पहिरो आसपास रहेका १६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ। उनीहरूमध्ये केहीलाई छिमेकीले आश्रय दिएका छन् भने केही नजिकको विद्यालयमा बसेको स्थानीय डम्बरबहादुर श्रेष्ठले बताए। स्थानीयका अनुसार सँगै रहेका १९ वटा घरसमेत पहिरोको जोखिममा छ।
करिब छ सय मिटर माथिबाट झरेको पहिरो एक किलोमिटर तलसम्म बगेको छ। पहिरोले तीनवटा घर बगाएको हो। घरमा रहेका धनमालसहित गाईवस्तुसमेत बगाएको छ। लगातार सातादिन घाम लागे पनि आइतबार साँझ भने जिल्लामा भीषण पानी परेको थियो।
प्रमुख जिल्ला अधिकारी नन्दीकेशर त्रिपाठीले तत्काल किरिया खर्चका लागि प्रतिव्यक्ति ४० हजार रुपैयाँ मृतकका परिवार तथा आफन्तलाई दिने बताए। जिल्ला दैवीप्रकोप कोषबाट उपलब्ध गराइएको उक्त राहत रकम आफूले स्याबुन गाविस सचिव प्रेमबहादुर श्रेष्ठलाई बुझाएको प्रजिअ त्रिपाठीले जनाए।
घटनास्थल निरीक्षण गर्न उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहसहित सभासदद्वय तारामान गुरुङ र दीपक खड्का सोमबार हेलिकप्टरमा स्याबुन आएका थिए। उनीहरू केेही समय घटनास्थलमा रहेका मृतकका आफन्तसँग कुराकानी गर्दै राहत र पुनर्स्थापनाका लागि सक्दो पहल गर्ने आश्वासन दिएर काठमाडौं फर्किए। 
जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाको खाँदबारीस्थित श्रीदल गुल्म तथा चैनपुरस्थित सशस्त्र प्रहरी बलको अरुण गुल्मबाट बेपत्ताको खोजी र उद्धारका लागि गएको सुरक्षाकर्मीको टोली घटनास्थल स्याबुनमै छन्।
अर्को समाचार
बागलुङ पहिरोः सुरक्षित हुन सरेको घर नै पहिरोमा बग्दा आठजनाको ज्यान गयो
२२ साउन २०८१
•
२ मिनेट पाठ
बागलुङ पहिरोः सुरक्षित हुन सरेको घर नै पहिरोमा बग्दा आठजनाको ज्यान गयो
निरन्तरको वर्षापछि पहिरो झर्ने त्रासले आफ्नो घर छाडेर सुरक्षित ठाउँमा बसाई सरेको भएपनि त्यही ठाउँ पहिरोले पुरिँदा बागलुङमा आठजनाको ज्यान गएको छ भने अरु दुइजना बेपत्ता छन। मंगलबार बिहानको पहिरोमा परेर ६ जना बालबालिका सहित आठजनाको मृत्यु भएको प्रहरीले बताएको छ।  

बागलुङ प्रहरीका अनुसार बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटाका ६ जना र बडिगाड–९ बलघाँसमा २ गरि आठजनाको ज्यान गएको बागलुङ प्रहरीले बताएको छ। मृतक मध्ये ६ जना बालबालिका रहेका छन। अरु दुइजना बेपत्ता भएपनि पहिचान हुन नसकेको प्रहरीको भनाई छ।  

बागलुङका प्रहरी प्रवक्ता डिएसपी विजय यादवका अनुसार बडिगाड–१० आरुपाट बस्ने बर्ष ७ की मालती बुढा, ७ वर्षिया मधु बुढा, ६ महिनाकी बालिका, वर्ष १२ का मनोज बुढा, वर्ष १२ का अमन बुढा र बर्ष ५९ की मैतीदेवी बिको ज्यान गएको छ।  

त्यस्तै वडिगाड–९ बलघाँसका १५ वर्षिय बिदान परियारको पनि पहिरोमा परेर ज्यान गएको छ। पहिरोले स्थानीय श्याम परियारको घरलाई पुरेको थियो, त्यही पहिरोमा परेर छोरा विदान परियारको ज्यान गएको डिएसपी यादवले बताए। परियारको शव प्रहरीले फेला पारेको छ।  

त्यसैगरि वडिगाड–९ दर्लिङ काभ्राखर्कका २४ वर्षका गंगा बस्नेतको पहिरोले पुरिएर ज्यान गएको छ। बाटोमा हिडिरहेका उनलाई माथिबाट पहिरो खसेर पुरेको डिएसपी यादवले जानकारी दिए।  

आरुपाटाको पहिरोमा परेर थप चारजना घाइते भएका छन। घाइते हुनेमा स्थानीय ४६ वर्षिया संगीता बुढा, वर्ष ५९ की सुमित्रा बिक, वर्ष ३२ की सीता थापा र वर्ष ४२ को मंगल सिंह बुढा रहेको उनले बताए। पहिरोमा परेर अरु २ जना बेपत्ता भएको आशंका भएको उनले बताए।

डिएसपी यादवका अनुसार इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट करिब ४० किलोमिटर टाढाको उक्त गाउँमा बिहान ११ बजेतिर पहिरो झरेको थियो। ‘पहिरो आउने त्रासले आफ्नो घर छाडेर छिमेकीको घरमा गएका रहेछन। पहिरोले त्यही छिमेकीको घरलाई बगाएछ,’ उनले भने, ‘सुरक्षित ठानिएको घर नै असुरक्षित भएकोले यो क्षति भएको हो।’ उनका अनुसार भीषण वर्षापछि उक्त गाउँमा लगातारजसो पहिरो खसेको थियो।  

बिहान घटना भएपनि बाटोको असहजता र ठाउँठाउँमा पहिरो झरेकोले दिउँसो चारबजे मात्र प्रहरी घटनास्थल पुगेको थियो । ‘प्रहरीलाई पनि घटनास्थल पुग्न सकस परेको हो । ठाउँठाउँमा पहिरो झरेकोले उद्धारमा पुग्न कठिन भएको हो,’ उनले भने।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस