काठमाडौं– सिन्धुपाल्चोक जुरेमा शनिबार गएको पहिरो प्रभावित क्षेत्रमा सम्भावित महामारी रोक्न सरकारले औषधिसहित चिकित्सक र स्वास्थ्यकर्मी टोली पठाउने भएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले झाडापखाला, आउँ, भाइरललगायत महामारीको जोखिम आँकलन गर्दै त्यससम्बन्धी औषधिसहित टोली मंगलबार त्यसतर्फ पठाउन लागेको जनाएको छ।
विभागका महानिर्देशक डा. सेनेन्द्रराज उप्रेतीले बाढीप्रभावित क्षेत्रमा दुइटा चिकित्सकसहितको टोली र जोखिमयुक्त अन्य क्षेत्रमा स्वास्थ्य चेतना फैलाउने टोली परिचालन गरिएको जानकारी दिए।
उनका अनुसार प्रकोपपछि विस्थापित ठूलो संख्यामा मानिस एकै ठाउँमा बस्दा र बाढीले पानीको मुहान प्रदूषित हुँदा प्रकोपको जोखिम निम्तन सक्छ। डा. उप्रेतीले कुनै पनि महामारीको संकेत देखिनासाथ थप चिकित्सक र औषधि पठाइने जानकारी दिए। '९ प्रकारका अत्यावश्यकीय औषधि लिएर जान्छौं, अवस्था हेरेर स्वास्थ्यकर्मी र औषधि थप हुन्छ,' उनले भने।
महाशाखाअन्तर्गत प्रकोप शाखाका प्रमुख शम्भु महतोसहितको टोली मंगलबारै उक्त क्षेत्र जान लागेको उनले बताए। बाढीप्रभावित क्षेत्रमा स्थानीय खोलाका पानी प्रयोग हुने गरेको, भिडमा रोगको पनि सर्ने सम्भावना बढी हुने भएकाले स्थानीय सञ्चार माध्यम र विस्थापितका शिविरमै पुगेर स्वास्थ्य चेतना फैलाइनेछ।
'सफा पानी पिउने, हात धुने बानी र दिसामा ध्यान दिए मात्र पनि धेरै जोखिम घटाउन सकिन्छ,' उप्रेतीले भने। चिकित्सकका अनुसार प्रकोपपछि विस्थापित राखिने शिविरमा राम्रो व्यवस्थापन नहुँदा धेरै ठाउँमा झाडापखाला, आउँ, हैजा, सिजनल फ्लु, छालाको रोग र जन्डिस, आँखा पाक्नेजस्ता संक्रमण देखिएको छ। शिविरमा एकै ठाउँमा धेरै मानिस बसोबास गर्ने हुँदा यस्ता रोग तत्कालै फैलिन्छ।
विभागका अनुसार पहिरोले सुनकोसी थुनिँदा पहाड र तराईका गरी १० हजार बासिन्दा प्रभावित भएका छन् भने झन्डै २ हजार विस्थापित छन्। उनीहरु बसोबास स्थल छाडेर शिविर र अन्य ठाउँमा सामूहिक बसोबास गरिरहेका छन्।
सिन्धुपाल्चोकका सात गाविस वरपरका स्वास्थ्य संस्थामा चिकित्सक र कर्मचारीलाई उच्च सतर्कमा राखिएको विभागले जनाएको छ। ती संस्थामा जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले अत्यावश्यक औषधि पठाइसकिएको जानकारी विभागलाई गराइसकेको छ।
बाढीप्रभावित क्षेत्रका शिविरमा ठूलो संख्यामा बिरामी देखिएका छैनन्। शिविर र प्रभावित क्षेत्रमा पानी तताएर मात्र खान सन्देश प्रवाह गरिसकिएको विभागले जनाएको छ। विभागले शिविर क्षेत्रमा पानी तताउन सम्भव नभए शुद्धीकरणका लागि क्लोरिन झोला वितरण गर्ने तयारीसमेत गरेको छ।