रत्ननगर (चितवन)- पूर्वी चितवनको वीरेन्द्रनगरमा आज बिहान एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको ना२च १५५ नम्बरको एम्बुलेन्सको ठक्करबाट बिहान ती महिलाको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
बिहान साढे ५ बजे भएको सो दुर्घटनामा परी खैरहनी–२ वैरहनी बस्ने अन्दाजी ३० वर्षीया शर्मिला सेढाईंको घटनास्थलमै मृत्युभएको हो।
चालक र एम्बुलेन्सलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। महिलाको शवलाई अहिले भरतपुर अस्पतालमा ल्याइएको छ। एम्बुलेन्स तीव्रगतिका कारण दुर्घटना भएको आशङ्का प्रहरीको छ।