कैलाली- सुदूरपश्चिम ट्रक तथा ट्याक्टर व्यवसायी समितिले आज बिहानैदेखि गरेको बन्दका कारण कैलालीको जनजीवन प्रभावित बनेको छ। बन्दका कारण कैलालीबाट सुदूरपश्चिमका पहाडी जिल्ला र पूर्व पश्चिम राजमार्गमा चल्ने कुनै पनि यातायातका साधन चल्न सकेका छैनन्।
यस्तै बन्दका कारण भारतबाट घर फर्किएका नेपालीसमेत धनगढी बसपार्कमा अलपत्र छन्।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले चुरे क्षेत्रको संरक्षणको लागि जिल्लाका सम्पूर्ण खोलानालाबाट निर्माण सामग्रीमा प्रतिबन्ध लगाएपछि सुदूरपश्चिम ट्रक तथा ट्याक्टर व्यवसायी समितिले साउन ११ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आइरहेको छ।
सरकारले निर्माण सामग्री (ढुङ्गा, गिट्टी, बालुवा) निकासीमा पूर्ण प्रतिबन्ध लगाएकाले यससँग सम्बन्धित व्यवसायी र मजदुर विस्थापित हुने भन्दै आन्दोलन थालिएको समितिका अध्यक्ष पदमसिंह रावलले जानकारी दिए।