रसुवा - हरेक वर्ष लाग्ने गोसाईकुण्ड मेला सुरु भएको छ। हिन्दुहरुको धार्मिक तथा पवित्र तीर्थस्थल मानिएको रसुवाको गोसाईकुण्ड मेला बुधबारदेखि सुरु भएको हो।प्रत्यक वर्ष साउन शुक्ल पूर्णिमाका दिन अर्थात् जनै पूर्णिमाको दिन लाग्ने मेला यस वर्ष जनै पूर्णिमा भन्दा ५ दिन अघिदेखि नै सुरु भएको छ। जनै पूर्णिमाका दिन अरु समयको भन्दा चाप बढ्ने भएका कारण ५ दिन अघिदेखि नै मेलामा आउने तीर्थयात्रीहरुको संख्यामा बढेको हो। मेला भर्नका लागि देशका विभिन्न भेगबाट तीर्थयात्रीहरु आउनेक्रम बढेको छ।
समुन्द्र सतहदेखि चार हजार तीन सय दश मिटर उचाईमा रहेको गोसाईकुण्डको क्षेत्रफल ६ सय मिटर लम्बाई र ३ सय ७० मिटर चौडाईमा फैलिएको छ।
गोसाईकुण्ड मेलाका लागि भन्दै गोसाईकुण्ड क्षेत्र विकास समिति रसुवाले मेलामा आउने तीर्थयात्रीहरुका लागी खाना बस्नका लागि दर रेट समेत तोकेको छ। मेलामा आउने तीर्थयात्रीहरुको लागी घट्टेखोला देखि गोसाईकुण्ड सम्मका लागि खाना बस्नका लागी दररेट तोकेको छ। तोकेको दर रेट भन्दा बढी रकम लिने स्थायी होटल तथा छाप्राहरुलाई कारबाही गरिने गोसाईकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष संजिब डिएमले बताए।