काभ्रेका शक्तिपीठमा दर्शनार्थीको घुइँचो
२१ असोज २०७८
•
१ मिनेट पाठ
काभ्रेका शक्तिपीठमा दर्शनार्थीको घुइँचो
बडादशैँ शुभारम्भ दिन आज काभ्रेपालञ्चोकका विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको छ। विशेषगरी पाँचखालको पलाञ्चोक भवगती मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिरमा दर्शनार्थी घुइँचो लागेको हो।




धार्मिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिएका ती शक्तिपीठमा घटस्थापनादेखि दशैँको नवमीको दिनसम्ममा विशेष पूजाआज हुने गर्दछ।'चण्डाशुर दैत्यलाई माता चण्डेश्वरीले बध गरेको स्थान भएकाले चण्डी पूर्णिमा र दशैँमा ठूलो मेला लाग्ने गर्दछ।'चण्डेश्वरी महादेव मन्दिरका पुजारी श्यामप्रसाद सेवाचार्यले भने, 'दशैँको अवसरमा नेपालका विभिन्न स्थानबाट चण्डेश्वरी मन्दिरमा दर्शन गर्नका लागि भक्तजन आउने गर्दछन्।'

नवरात्रभरि नै मन्दिरमा दर्शनार्थीको भीड हुने गर्दछ। सो समया बिहान २ बजेदेखि नै भक्तजन मन्दिरमा दर्शनका लागि दैनिक हजारौँको सङ्ख्यामा आउने गरेको उनले बताए। मन्दिरमा आउने भक्तजनलाई सहजताका लागि वडाको तर्फबाट मन्दिर परिसरमा रहेको बगैँचा र वनभोजस्थल व्यवस्थापनका लागि गत वर्षदेखि काम सुरु भइरहेको छ। मन्दिर नजिक अवस्थित चण्डेश्वरी वनमा पर्यापर्यटनका लागि नगरपालिकाले गोसाइँस्थानको महादेव मन्दिरसम्म जानका लागि एक हजार ६०० सिँढी निर्माण गरिरहेको बनेपा–५ का वडाध्यक्ष बलराम अधिकारीले जानकारी दिए। यो मन्दिर १७औँ शताब्दीमा बनेको विश्वास गरिन्छ। मन्दिरमा चण्डेश्वरीले दानव चण्डको बध गरेको भित्तेचित्र प्रदर्शन गरिएको छ।

यस्तै पलाञ्चोक भगवतीको मन्दिर जिल्लाको साविक साठीघर भगवती गाविसको पलाञ्चोकमा अवस्थित छ। काभ्रेको पाँचखालबाट सात किलोमिटर पूर्वतर्फ रहेको यो मन्दिर लिच्छवीकालीन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएको विश्वास गरिन्छ। शिल्पकलाको दृष्टिले पलाञ्चोक भगवतीको मूर्ति अद्वितीय मानिन्छ। रासस
अर्को समाचार
चैतेदसैँमा कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो
०४ वैशाख २०८१
•
१ मिनेट पाठ
चैतेदसैँमा कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो
चैतेदसैँको अवसरमा तनहुँको पवित्र धार्मिकस्थल तनहुँ कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। 




व्यास नगरपालिका–४ सहिद शान्ति पार्कभित्र रहेको कालिका मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो।

बडादसैँ र चैतेदसैँको अवसरमा कालिका मन्दिरमा विशेष पूजाआजा हुने गरेको छ। मन्दिरमा पूजाआजा गर्नका लागि दमौली आसपासबाट भक्तजन आएका व्यास–४ का वडाध्यक्ष मनबहादुर गुरुङले बताए।

विगतको केही वर्ष कोरोना महामारीका कारण भक्तजन उपस्थिति कम देखिने गरेकामा यस वर्ष उल्लेख्य वृद्धि भएको व्यास–३ का अजित पन्तले जानकारी दिए।

घुइँचोका कारण पूजाआजा गर्न समय लागेको उनको भनाइ छ।उक्त मन्दिर मल्लकालीन प्यागोडा शैलीमा निर्माण गरिएको छ।

तीन करोड लागतमा मन्दिर निर्माण गरिएको हो। तीन तले मन्दिर ५५ फिट उचाइको रहेको छ। मन्दिरमा विभिन्न देवीदेवताका आकृति भएका ६० वटा टुँडाल हालिएको छ भने मन्दिरमा नौ फिट उचाइको गजुर राखिएको छ। 

पृथ्वी राजमार्गअन्तर्गत दमौली बजारबाट एक किलोमिटरको दूरीमा रहेको मन्दिर परिसरमा पार्क निर्माण गरी पैदलमार्ग बनाइएको वडाध्यक्ष गुरुङले बताए।उनका अनुसार सवारीसाधनका लागि पक्की बाटो निर्माणको योजना बनाइँदै छ।

‘अप्ठ्यारो ठाउँमा ८० मिटर बाटो ढलान गरिएको छ। दमौली बजारबाट एक किमी दूरीमा पर्ने पार्कभित्र सरकार, निजी क्षेत्र र स्थानीयवासीको सहयोगमा केही पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् भने गुरुयोजना अनुसारको थप पूर्वाधार निर्माण हुन बाँकी छ’, वडाध्यक्ष गुरुङले भने।

उनका अनुसार ३७ हेक्टर क्षेत्रफलमा काँडे तारबार, १० फिट चौडाइको एक किमी पक्की सिँढी निर्माण, दुई वटा वनभोजस्थल, एउटा कुरुवा घर, सार्वजनिक शौचालय निर्माण सम्पन्न भइसकेका छन्। रिजर्भ ट्याङ्की बनाएर खानेपानीको व्यवस्थापन गरिएको उनले जानकारी दिए। रासस
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस