लामोसाँघु (सिन्धुपाल्चोक) — पाँच दिन अघि जुरेमा आएको पहिरोले अरनिको राजमार्गको ३ किलोमिटर सडक पुरेपछि नेपाल–चीनबीचको एकमात्र व्यापारिक कारोबार हुने तातोपानी नाका ठप्प छ। चीनबाट उपभोग्य सामग्री नआएको असर काठमाडौंमा देखिइसकेको अवस्थामा बुधबार भौतिक निर्माण तथा यातायातमन्त्री बिमलेन्द्र निधीले पहिरो स्थलको निरीक्षण गरेका छन्।
हेलिकोप्टरबाट पहिरो स्थल जुरे आइपुगेका उनले दशैँ अघि नै अरनिको राजमार्गलाई तातोपानीसम्म जोड्न निर्देशन दिए।
मन्त्री निधीले सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीलाई जसरी हुन्छ दशैँ अगाडि नै तातोपानी जोड्न निर्देशन दिएका हुन् । महानिर्देशक कार्कीले उद्धारमा खटिएको नेपाली सेना र प्राविधिकसँग छलफल गरी तत्काल काम अघि बढाउने बताए।
'पानीको स्थिति के हुन्छ भन्ने विषयमा नेपाली सेनासँग छलफल गर्छौं', उनले नागरिकन्युजसँग भने, ' अहिले भइरहेको सडक जोड्ने अवस्था नभए विकल्पका रुपमा धारापानी र तौथली गाविसतर्फको कच्ची सडकबाट बाह्रबिसे जोड्ने ट्रयाक सञ्चालनमा ल्याएर अरनिको हाइवे तातोपानीसम्म जोड्छौं।'