काठमाडौं- राष्ट्रिय नीति नबन्दासम्म थप मेडिकल कलेजलाई सम्बन्धन नदिने सरकारी निर्णयविपरीत काठमाडौं विश्वविद्यालय (केयु) ले आफूखुसी सम्बन्धनको ढोका खोलेको छ। यसले टिचिङ अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले पटकपटक आमरण अनसन बसेर उठाएका माग पूरा नहुने छाँट देखिएको छ।
'केयुले सम्बन्धनको बन्द ढोका खोल्नु र पछिल्ला दिनमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) माथि समेत दबाब बढ्नुका पछाडि सरकार नै सम्बन्धनको निम्ति लागिपरेको देखिन्छ,' केयुको निर्णयबारे टिप्पणी गर्दै डा. केसीले बुधबार नागरिकसँग भने।
केयुले सन् २००९ देखि बन्द सम्बन्धन प्रक्रिया ब्युँताएर पछिल्लोपटक विराट मेडिकल कलेज र नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो। यसअघि आइओएमबाट बन्द भइसकेको सम्बन्धन त्रिविले चोरबाटो खोल्न खोजेपछि अख्तियारको हस्तक्षेप र केसीको अनसनपछि तत्काललाई बन्द भएको थियो।
डा. केसीले 'सरकारको समर्थनबिना केयु एक्लैले यो निर्णय गरेको हुन नसक्ने' भन्दै यस्तो खबरले आफू निकै दुःखित भएको बताए। 'मेडिकल कलेज खोल्न हुन्न भन्ने मेरो भनाइ हैन, आवश्यकताका आधारमा भौगोलिक सन्तुलन र आवश्यकता हेरेर सरकारले नै कलेज खोल्नुपर्थ्यो,' उनले भने। यो निर्णयसँगै वर्तमान सरकार पनि माफियाको चंगुलमा फसिसकेको प्रस्ट हुने उनले बताए।
आफूले उठाएका कुनै पनि माग पूरा गर्न सरकार तत्पर नरहेको पनि डा. केसीको भनाइ छ। 'मैले प्रधानमन्त्री, अख्तियार प्रमुखलाई भेट्न पटकपटक प्रयास गरेँ, समय नै दिएनन्,' उनले भने, 'शिक्षामन्त्रीले केही थाहा नभएजसरी सम्बन्धन खोल्न प्रयास गरिरहेजस्तो लाग्यो।'
डा. केसीले इमानदार व्यक्तिले हाँकेको सरकार भनेर आफूले राखेको अपेक्षा निराशामा परिणत भएको उल्लेख गर्दै यसबारे विद्यार्थी र चिकित्सकहरूसँग गम्भीर परामर्श थालिसकेको बताए। 'मलाई सरकारले ढाँट्यो, एउटा आश्वासन दिँदै अर्को काम भइरहेको छ,' उनले भने, 'म यो देशमा मेडिकल माफियाविरुद्ध सास छउन्जेल कुनै न कुनै रूपमा लडिरहन्छु,'
आफूले चिकित्सा शिक्षाको गुणस्तरका लागि राष्ट्रिय नीति माग गरेको र त्यसैअनुसार सरकारी वार्ता टोलीले सम्झौता गरेको भए पनि सरकराले पछि अर्को समिति बनाएको उनले बताए। 'राष्ट्रिय चिकित्सा शिक्षा नीति तर्जुमा गर्न समिति बनाउने सम्झौता भएकोमा जालझेलपूर्वक त्यसविपरीत मेडिकल कलेज उच्चस्तरीय राष्ट्रिय मापदण्ड सिफरिस समिति बनाइएको रहेछ,' उनले भने।
आफूले त्यसलाई रोक्न समितिका संयोजकलगायत सदस्यहरू गुहारे पनि 'निजी कलेजलाई सम्बन्धनको ढोका खोल्ने नियतले बृहत छलफलविना हतारमा प्रतिवेदन बुझाइएको उनले आरोप लगाए। 'कार्यदलले मेरो मागको गुरुत्व नै बुझेन, राजनीतिक दल, नेता, शिक्षा मन्त्रालय तथा माफियाको प्रभावमा काम गरे,' उनले भने।
समितिले नयाँ कलेज खोज्न १५ जिल्ला प्रस्ताव गरेर प्रतिवेदन दिएको अवस्थामा पनि सरकरले प्रतिवेदन कार्यान्वयनको प्रतिबद्धता नगरी केयूबाट सम्बन्धन सुरुवात गरेको हो। त्रिवि अन्तर्गत मात्रै तत्काल चारसहित झन्डै एक दर्जन मेडिकल कलेज सम्बन्धनको लाइनमा छन्।
आन्दोलन क्रममा आइओएमलाई थप स्वायत्त दिन सरकरले सहमति जनाएको थियो। थप स्वायत्तताका लागि त्रिविले तयार पारेको प्रस्ताव एक महिनाभित्र सिनेटमार्फत् पास गराउने प्रतिबद्धता प्रधानमन्त्रीले गरे पनि पाँच महिना बितिसक्दासम्म सिनेट बसेको छैन।