बैतडी - अरुको नाममा परीक्षा दिइरहेका एकजना नक्कली परीक्षार्थी र निरीक्षकलाई प्रहरीले पक्राउ गरेको छ। एसएलसी पुरक परीक्षाको गणित बिषयको खडक बहादुर कुँवरको नाममा परीक्षा दिइरहेका सुरेन्द्र बोहरा र उनलाई सहयोग गरेको आरोपमा निरीक्षक नरेश कुमार धामीलाई प्रहरीले पक्राउ गरेको हो।बिहीबार बीरेन्द्र उमावि शाहीलेकको केन्द्रबाट उनीहरु दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो। विणेश्वर मावि न्वादेउ, नकालीका परीक्षार्थी कुँवरको सिम्बोल नम्वर ७५४७२१९ बाट परीक्षा दिइरहेको नक्कली परीक्षार्थी बोहरा र सोही विद्यालयका शिक्षक धामीलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ल्याएको डिएसपी राजेन्द्रप्रसाद श्रेष्टले बताए।
परीक्षामा अमर्यादित गतिविधि गर्ने दुवै जनालाई शिक्षा ऐन अनुसार कार्वाही गरिने प्रहरीले जनाएको छ। शिक्षा ऐन अनुसार अरुको नामबाट परीक्षा दिएमा एक लाख जरिवाना र ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ।