अपराध जालो तोड्न 'प्रहरी कठोर'
२२ साउन २०७१
•
८ मिनेट पाठ
अपराध जालो तोड्न 'प्रहरी कठोर'
काठमाडौं- प्रहरी प्रधान कार्यालयबाट महानगरीय प्रहरी अपराध महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्न आएका एसएसपी पुष्कर कार्कीले साउन ५ गते पहिलो पत्रकार सम्मेलनमा भनेका थिए, 'काठमाडौंमा हतियार बोकेका व्यक्तिहरू बढिरहेका छन्। मेरा अफिसर्ससँग पनि हतियार हुन्छ, होसियार रहनू।'

गृहमन्त्री वामदेव गौतमले पनि बुधबार पोखरामा आयोजित क्षेत्रीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै 'कुनै पनि राजनीतिक दलका नेता वा शक्तिपक्षसँग नडराई निर्धक्क जिम्मेवारी पूरा गर्न' सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका थिए।
यी दुवै भनाइ आफैंमा नौला थिएनन्। तर, एसएसपी कार्कीको चेतावनीको १६ दिनपछि र गृहमन्त्री गौतमको निर्देशन आएकै दिन काठमाडौं प्रहरीको हतियार चल्यो। हत्या प्रयासको अभियोगमा सात महिनादेखि फरार दिनेश अधिकारी 'चरी' भीमढुंगामा प्रहरीको गोली लागेर मारिए। बुधबार दिउँसो ललितपुर प्रहरीले अर्का 'कुख्यात गुन्डा' अभिषेक गिरीलाई पक्राउ गरेर सार्वजनिक गर्योि। उनी अपहरणको अभियोगमा सहयोगीसहित पक्राउ परेका थिए। दुईमध्ये गिरी कांग्रेस र चरी एमाले निकट थिए।

के उपत्यकाको संगठित अपराध नियन्त्रणमा प्रहरीले आफ्नो नरम नीति बदलेकै हो?
व्यवसायीलाई धम्क्याएर रकम असुली गर्ने, अपहरण, फिरौती संकलन र अवैध हतियार खरिदबिक्रीमा सक्रिय समूहको सूची बनाएर खोजीमा खटिने सादा पोसाकका प्रहरीको संख्या बाक्लिएको छ उपत्यकामा। संगठित अपराध नियन्त्रणका लागि प्रहरीले योजनासहित कठोर रणनीति कार्यान्वयनमा ल्याएको सम्बद्ध अधिकारी बताउँछन्।
एसएसपी कार्कीले उपत्यकामा जबर्जस्ती रकम असुलीका घटना बढेपछि सादा पोसाकका प्रहरीको संख्यासँगै असुली नियन्त्रणका लागि प्रहरी सक्रियता बढाएको बताए। 'अपराध नियन्त्रण क्रममा कसैले प्रहरीमाथि गोली चलाउँछ भने प्रहरीले पनि प्रतिकार गर्छ,' उनले बिहीबार नागरिकसँग भने, 'हत्या प्रयासकै अभियोगमा फरार सुजन पौडेल (रमेश बाहुन) को पक्राउसँगै आपराधिक गतिविधिमा सक्रिय समूहको समीकरण बदलिएको छ, त्यही सूचनाका आधारमा प्रहरी संगठन सचेत भएको छ।'
नाका र शंकास्पद स्थानमा निगरानी बढाउने क्रममै बुधबार चरीसँग मुठभेड भएको उनले दाबी गरे। 'गिरीलाई ज्युँदै पक्राउ गर्नु र चरीलाई मार्नु प्रहरीको योजना होइन, गोली नै हानेपछि प्रतिकार गर्दा उनी मारिए,' एसएसपी कार्कीले भने, 'ज्युँदै पक्राउ गर्न सकेको भए प्रहरीले महŒवपूर्ण आपराधिक सूचनाहरू पाउनसक्थ्यो।'
प्रहरीस्रोतका अनुसार उपत्यकामा पछिल्लो समय हप्ताअसुलीका घटना बढेका छन्। कहलिएका गुन्डादेखि टोलेगुन्डाले समेत धक्याएर पैसा माग्ने गरेको सूचनाको चाङ प्रहरी कार्यालयमा बढेको छ। र, यससँगै प्रहरीले असुलीमा सक्रिय समूहका सदस्य, गम्भीर अपराधमा संलग्न फरारहरू, जेलमा रहेका गुन्डाको सूची बनाएर तिनको दैनिकी र सम्पर्क जालो केलाउँदै नयाँ रणनीति बनाएको स्रोत बताउँछ।
स्रोतका अनुसार प्रहरीले सादा पोसाकको संख्या बढाएर प्रारम्भमा आपराधिक गतिविधिमा कहलिएका तर प्रहरीमा कुनै उजुरी नआएकाहरूको गतिविधि निगरानीलाई प्राथमिकता दिएको छ। दोस्रो तहमा प्रहरीमा उजुरी परेका तर फरार रहेकाहरूको खोजी, तेस्रोमा ठेक्कापट्टामा कमिसन उठाउन सक्रिय समूह र विभिन्न व्यवसायको आवरणमा रहेका तस्करीमा सक्रियहरूको सूची बनाएको छ। जानकार स्रोतका अनुसार साना हतियार बोक्ने र खरिदबिक्रीमा सक्रिय समूहको सूचीलाई समेत प्रहरीले उच्च प्राथमिकतामा राखेको छ। 
प्रहरी प्रवक्ता एसएसपी गणेश केसीले संगठित अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर कानुनले दिएका सबै शक्ति प्रयोग गर्ने गरी प्रहरी परिचालित भएको बताए। 'कानुनको क्षेत्राधिकारभित्र रहेर कुनै पनि प्रकृतिको अपराध नियन्त्रण गर्न सशक्त ढंगमा अघि बढ्नेछौं,' उनले बिहीबार नागरिकसँग भने, 'कानुनी दायरा र मानवअधिकार संरक्षणका आधारमा नेपाल प्रहरीले संगठित अपराधको जालो भत्काउने अभियान अघि बढाएको छ।'

उपत्यकामा गोली शृंखला
उपत्यकामा बुधबार तीन वर्षपछि प्रहरीतर्फबाट गोली चलेको हो। व्यापारीलाई अपहरण गरेर होटलमा बन्धक बनाएको सूचनाका आधारमा अपराध महाशाखा टोलीले २०६८ भदौ १३ मा सोह्रखुट्टेमा रहेको होटल सैलुङमा गोली चलाउँदा शीतल तुलाधर घाइते भएका थिए।
व्यापारीलाई अपहरणमुक्त गर्न जाँदा प्रहरी टोलीमाथि आक्रमण भएपछि गोली चलाएको प्रहरी दाबी थियो। गोली लागेका तुलाधरको ज्यान त जोगियो, तर उनी अपांग भए।
त्यसअघि २०६७ जेठ ७ गते महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बालाजु पुलमा गोली हान्दा शिव खड्का घाइते भएका थिए। पेटमा गोली लागेका उनको ज्यान जोगियो। उनी लुटपाटमा सक्रिय रहेकाले पक्राउ गर्न जाँदा प्रहरीलाई गोली हानेकाले प्रतिकार गरेको प्रहरीले जनाएको थियो।
२०६७ मै धापासीको ग्रिनलाइन क्षेत्रमा प्रहरीको गोली लागेर दुईजना मारिएका थिए। स्वयम्भुका ११ वर्षीय बालकको अपहरणमा संलग्न समूहको खोजीमा खटिएको अपराध महाशाखाकै टोलीले गोली चलाउँदा उनीहरू मारिएका थिए। प्रहरीले अपहरणमा संलग्न रहेको अभियोगमा प्रविन तामाङसहित ११ जनालाई पक्राउ गरेको थियो।
२०६६ वैशाख ८ मा दरबारमार्गमा गोली चलाएर फरार रहेका कुमार घैंटेलाई पक्राउ गर्न प्रहरीले गोली हानेको थियो। दरबारमार्गको विन्पी क्याफेमा गोली हानेपछि फरार रहेको अभियोगमा उनलाई प्रहरीले खोजेको थियो। लाजिम्पाटको होटल शंकरको स्विमिङ पुलमा रहेका घैंटेलाई महानगरीय प्रहरी वृत्त दरबारमार्ग (तत्कालीन प्रभाग) को टोलीले गोली हान्दा तिघ्रामा लागेर घाइते भएका थिए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस