काठमाडौं- छोराका हत्यारालाई कारबाही माग गर्दै दोस्रोपटक २ सय ८५ दिनदेखि आमरण अनसनमा बसेका गोरखा फुजेलका नन्दप्रसाद र गंगामाया अधिकारीको अनसनलाई सरकारले 'असान्दर्भिक' भनेको छ। उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले व्यवस्थापिका संसदमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै 'अधिकारी दम्पतीको अनसन अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने खालको भएको' बताए।
'दोषीलाई अनुसन्धान प्रक्रियामा ल्याइसकिएको हुँदा अब पनि अनसन जारी राख्नु उपयुक्त र सान्दर्भिक छैन,' गृहमन्त्री गौतमले भने, 'न्यायप्राप्तिका लागि अनसन गरिएको हो भने अब असान्दर्भिक भइसकेको छ। अदालतमा विचाराधीन मुद्दालाई प्रभाव पार्ने गरी कसैले पनि काम गर्न मिल्दैन।'
नयाँ सरकार गठनपछि पनि सरकारले माघ २८ गते नै अधिकारी दम्पतीलाई आमरण अनसन तोड्न आग्रह गरेको उल्लेख गर्दै प्रधानमन्त्री सुशील कोइरालासमेत वीर अस्पताल पुगेर अनसन अन्त्य गर्न आग्रह गरेको उनले बताए।
'स्वतन्त्र, निष्पक्ष र सक्षम अदालतबाट हुने आदेश सबैलै स्वीकार गर्नैपर्छ,' उनले भने, 'अदालतमा विचाराधीन मुद्दालाई प्रभाव पर्न सक्ने काम कसैबाट हुनुहुँदैन।'
प्रचलित मापदण्डबमोजिम अधिकारी दम्पतीलाई राहत उपलब्ध गराई सुरक्षित तरिकाले बसोबास गराउन सरकार तयार रहेको उनले बताए। 'कुनै पनि दृष्टिबाट अनसनमा बसिरहनु उपयुक्त, सान्दर्भिक र न्यायोचित नहुने भएकाले जीवनरक्षाका लागि सरकार अनसन अन्त्य गर्न सदनमार्फत पुनः अनुरोध गर्छ,' उनले भने।
अधिकारी दम्पतीको २०७० भदौ ४ देखि २०७० फागुनसम्म लागेको उपचार खर्च १२ लाख ४६ हजार ४ सय ७४ रुपैयाँ वीर अस्पताललाई उपलब्ध गराउन सरकारले निर्णय गरिसकेको गौतमले जानकारी दिए।
'उनीहरूको उपचारमा अहिलेसम्म भएको खर्च सरकारले व्यहोर्ने छ,' गौतमले भने, 'अधिकारी दम्पतीले सुरु गरेको अनसनका सन्दर्भमा किटानी जाहेरी भएका र अनुसन्धानबाट दोषी देखिएका व्यक्तिहरूलाई फौजदारी न्यायप्रणालीको दायराभित्र ल्याइसकेको र घटनाका सम्बन्धमा सक्षम निकायबाट प्रचलित कानुनबमोजिम अनुसन्धान भई चितवन जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको अवस्था हेर्दा अधिकारी दम्पतीले न्यायप्राप्तिका लागि गरेको अनसन असान्दर्भिक भइसकेको छ।'
अधिकारी दम्पतिका कान्छा छोरा कृष्णप्रसाद अधिकारीको माओवादी कार्यकर्ताले २०६१ जेठ २४ गते अपहरण गरी चितवनमा हत्या गरेका थिए। त्यसको एक वर्षपछि अधिकारी दम्पतीले माओवादी नेतृ हिसिला यमीकी स्वकीय सचिव जानुका पौडेल, माओवादी कार्यकर्ताहरू छविलाल पौडेल, पर्शुराम पौडेल, भिमसेन पौडेल, विष्णु तिवारी, कालिप्रसाद अधिकारी, बाबुराम अधिकारी र रामप्रसाद अधिकारीविरुद्ध किटानी जाहेरी दिएका थिए।
वीर अस्पतालमा उपचार गराइरहेका अधिकारी दम्पतीले त्यहीँ अनसन सुरु गरेका थिए। उनीहरूको शारीरिक अवस्था निकै बिग्रँदो अवस्थामा रहेको र जाँच गराउनसमेत नमानेको गौतमले सदनमा जानकारी गराएका थिए। 'उहाँहरूको अवस्था निकै बिग्रँदो अवस्थामा छ,' गौतमले भने, 'दिनप्रतिदिन बिग्रँदो स्वास्थ अवस्थाप्रति सरकार चिन्तित छ।'
न्यायप्राप्तिका लागि अनसन गरिएको भए मागअनुसार मूल मर्म र उद्देश्य प्राप्त भइसकेको गौतमको भनाइ थियो। सम्भव भएसम्मको स्वास्थ उपचार गर्न वीर अस्पताललाई सरकारले निर्देशन दिएको पनि उनले बताए।