रातको एक बजेसम्म पुल हाउसमा हो–हल्ला गरी पैसाको हारजित हुने गरी जुवातास खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लास्थित चाँगुनारायण नगरपालिका वडा नं। ४ खोरिया गाउँस्थित सोही स्थान बस्ने वर्ष २१ का ईश्वर तामाङले सञ्चालन गरेको पुल हाउसमा हो–हल्ला गरी पैसाको हारजित हुने गरी जुवातास खेलिरहेका उनीहरुलाई प्रहरीले राति नै पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेहरुमा पुल हाउस सञ्चालक चाँगुनारायण नगरपालिका वडा नं. ४ बस्ने वर्ष २१ ईश्वर तामाङ, वर्ष ३० का विष्णुबहादुर तामाङ, वर्ष २३ का अजय पुडासैनी, वर्ष २३ का तिलक तामाङ, वर्ष १८ का सुरज तामाङ, वर्ष २६ का सुमित तामाङ, वर्ष ३३ का प्रेम तामाङ, वर्ष १९ का आलोक तामाङ, वर्ष २० का अरुण तामाङ, वर्ष २० का नवराज तामाङ, वर्ष १८ का बादल तामाङ, वर्ष २४ का सयकुमार तामाङ, वर्ष १८ का लोकेश तामाङ, वर्ष २० का गौतम तामाङ, वर्ष २७ का रोशन तामाङ, र वर्ष १८ का विर तामाङ रहेका छन्।
जानकारी प्राप्त भएपछि तत्कालै घटनास्थलमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्र.नि. सुदन केसीको कमाण्डमा अनुसन्धान अधिकृतको टोली घटनास्थलमा पुगी खानतलासी गर्दा नगद रु ४१ हजार तीन सय ५० रुपैयाँ र १ बुक ताससहित उनीहरु १६ जनालाई नियन्त्रणमा लिएको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए। उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा १ बमोजिम (जुवासम्बन्धी कसुर)मा अनुसन्धान कार्य भईरहेको उनले जनाए।