काठमाडौं-सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो पीडितका लागि स्थापित राहत कोषमा १ करोड रुपैयाँ जम्मा भएको छ।
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ, नेपाल ट्रक कन्टेनर व्यवसायी संघ, हिमालय सिमापार वाणिज्य संघको पहलमा स्थापित यो कोषमा सबैभन्दा बढी भोटेकाशी पावर कम्पनीले २० लाख रुपैयाँ सहयोग गरेको छ। त्यसैगरी विभिन्न सामाजिक संस्था तथा व्यक्तिले पनि कोषमा लाखौं रुपैयाँ सहयोग गरेका छन्। कोषमा व्यक्तिगत रुपमा एकलाख रुपैयाँ भन्दाबढी सहयोग गर्ने १० जना रहेका छन्।
सिन्धुपाल्चोकका राजकुमार पौडेल, निमफुञ्जो शेर्पा, कमल श्रेष्ठलगायतका व्यक्तिले १ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन्। साथै विदेशमा रहेका नेपालीहरुले पनि कोषमा सहयोग गरेका छन्। अमेरिकमा रहेका सिन्धुवासी तथा चीनमा व्यवसाय गरेर बसेका सिन्धुवासीले पनि लाखौं रुपैयाँ संकलन गरेर कोषमा सहयोग गरेका छन्। काठमाण्डौै नयाँ सडकमा रहेका व्यापारीहरुले पनि घरदैलो गरेर लाखौं रुपैयाँ कोषमा सहयोग गरेका थिए। यो रकम पीडितको अवस्था अध्ययन गरेर वितरण गरिने योजना रहेको राहत संकलन अभियनामा लागेका प्रेस चौतारी नेपालका महासचिव माधव नेपालले जानकारी दिए।
साउन १६ मा आएको बाढी पहिरोले सिन्धुपाल्चोकको मांखा,राम्चे तथा टेकानपुर र धुस्कुन गाविसमा ठूलो क्षति भएको छ। पहिरोले सुनकोशी नदी थुनिँदा ताल जमेर अरनिको राजमार्गसमेत एक सातादेखि अवरुद्ध छ।