प्रदेश १ को राजधानी विराटनगरमा दिउँसै हतियाधारी समूहले एउटा गार्मेन्ट उद्योगको कार्यालयमा लुटपाट गरेका छन्। प्रदेश प्रहरी कार्यालयले चाडपर्व विशेष सुरक्षा योजना लागू गरेको घोषणा गरेसँगै मोरङमा लुटपाटका घटना बढ्न थालेका छन्।
विराटनगरको अति व्यस्त बजार विराटनगर–७ स्थित वडा प्रहरी कार्यालय (क)देखि करिब २० मिटर दुरीमा रहेको कोटेक्स टे«डिङको कार्यालयमा शुक्रबार दिउँसो करिब ११ बजेतिर लुटपाट भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा आएका ३ जना हतियारधारी समूहले नगद र मोबाइल लुटपाट गरेका छन्। लुटेरा समूहले कोटेक्सका संचालक मनोद तोदीको टाउमा पेस्तोलको पछाडिको भागले प्रहार गरेका कारण टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
तोदीका अनुसार दिउँसो ११ बजेतिर ३ जनाको समूह एक्कासी कार्यालयमा पसेर पेस्तोल देखाउँदै लुटपाट र कुटपिट गरी फरार भए। ३ जनामध्ये एकजना गेटमा बसे भने १ जना कार्यालयभित्रको टेबलमाथि बसेर पेस्तोल देखाए र अर्को व्यक्तिले गल्ला (पैसा राख्ने बाकास)भित्र रहेको नगद १२ हजार रुपैयाँ र ४ वटा स्मार्ट फोन लुटेर लगेको तोदीले बताए।
‘म र एकाउन्टेन्ट बहिनी मात्रै भित्र थियौं,’ तोदीले भने, ‘लुटेरा समूहले एक्कासी आएर हतियार देखाएर लुटपाट गरी भागे। मेरो २ वटा, बहिनीको एउटा र भाइको एउटा मोबाइल लुटेर लगे।’ लुटेराले पेस्तोलको पछाडिपट्टिको भागले प्रहार गर्दा टाउकोमा चोट लागेको छ। उनले भने, ‘लुटेराले गरेको प्रहारबाट घाइते भएपछि विराट नर्सिङ होम गएर उपचार गर्दा टाउकोमा ४ वटा टाँका लगाउनु पर्यो।’
त्यसैगरी, बुधबार दिउँसो पथरीशनिश्चरे–३ स्थित ढकाल चोककी ७५ वर्षीया हर्कमाया दंगालालाई मरणासन्न हुने गरी आक्रमण गरेर लुटपाट गरेको घटना सेलाउन नपाउँदै विराटनगरको मुख्य बजार क्षेत्रमा दिउँसो हतियारधारी समूहले लुटपाट हुनु विशेष सुरक्षा योजनालाई ठूलो चुनौती भएको छ।
प्रदेश प्रहरी कार्यालयले चाडपर्वलाई लक्षित गरी हुन सक्ने आपराधिक घटनालाई विशेष ध्यान दिँदै २४ प्रकारका सुरक्षा रणनीतिका साथ प्रदेशभर थप ६ हजार ९ सय २३ जना सुरक्षाकर्मी खटाएको जनाएको छ।
तर, विशेष सुरक्षा योजना लागू गरेको भनिए पनि वडा प्रहरी कार्यालय (क)देखि करिब २० दुरीमा दिउँसै लुटपाट हुनुले प्रहरीको सक्रियता कतिको छ भनेर देखिने व्यापारीहरुको भनाइ छ। धेरै भीडभाड हुने स्थान, बैंक तथा वित्तीय संस्था र आर्थिक कारोबार हुने स्थानको पहिचान गरी सादा र प्रहरी पोसाकमा सुरक्षाकर्मी खटाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।