काठमाडौं- गोठाटार नजिकै मनोहरा खोलामा बालक डुबेपछि स्थिति तनावपूर्ण भएको छ। बालुवा निकाल्दा बनेको तालमा ११ बर्षे बालकको डुबेर मृत्यु भएपछि स्थानीयले बालुवा ठेकेदारको काउन्टरमा आक्रमण गरेका छन्।
करिव ५ सयको समूहमा रहेका स्थानीयले काउन्डर तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको छ।
बालक हराएको तीन घण्टा पछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए। प्रहरीको विपद व्यवस्थापन टोलीले बालकलाई तालबाट निकालेर अस्पताल लगेको छ। अहिले पनि घटनास्थलमा प्रहरी र स्थानीयको बाक्लो उपस्थिति रहेको छ।