काठमाडौं- जिल्ला अस्पतालमै चिकित्सक पुर्यापउन हम्मेहम्मे देखिएका बेला सरकारले गाउँगाउँ चिकित्सक पुर्याकउने महत्वाकांक्षी योजनासहित नयाँ स्वास्थ्य नीति ल्याएको छ। नयाँ नीतिमा प्रति १० हजार जनसंख्या एक चिकित्सक पुर्यावउने उल्लेख छ। जनसंख्यालाई मध्यनजर गरी प्रत्येक गाविसमा एक चिकित्सक, एक नर्ससहित अन्य स्वास्थ्य प्राविधिक र प्रत्येक वडामा एक नर्स र मिडवाइफ व्यवस्था गर्ने उल्लेख छ।स्वास्थ्य मन्त्रालयको मस्यौदा प्रस्तावलाई साउन पहिलो साता मन्त्रिपरिषद बैठकले पारित गरी नयाँ नीति लागू गरेको हो। प्रत्येक १० वर्षमा ल्याइने नयाँ स्वास्थ्य नीति, २०४८ (२२ वर्ष) यता ल्याइएको थिएन।
हाल स्वास्थ्य सेवाको दरबन्दीअनुसार प्रति २७ हजार जनसंख्या बराबर एक चिकित्सक भागमा पर्छ। चिकित्सक वितरण आधारमा सहर र ग्रामीण क्षेत्रमा व्यापक असमानता छ।
अहिलेको स्वास्थ्य संरचनामा प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी) सम्म मात्र चिकित्सक दरबन्दी छ। पिएचसीमा स्थापना (२०५२) यता कयौंमा एकपटक पनि चिकित्सक नपुगेको अवस्थामा गाउँगाउँ डाक्टर पुर्यापउने योजनालाई विज्ञहरु भने लोकप्रियताका लागि गरिएको 'सपना खेती' भन्न रुचाउँछन्।
मुलुक संघीयताको संघारमा रहेको अवस्थामा पर्याप्त छलफल र गृहकार्यका लागि केही समय पर्खन आएको सुझावविपरीत नयाँ नीति ल्याइएको छ।
स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. लक्ष्मीराज पाठक आधारै नखुलाई गाउँगाउँमा डाक्टर पुर्याथउँछु भन्नु लोकप्रियता कमाउने खेल मात्रै भएको बताउँछन्। 'डाक्टर पुर्यागउँछु भन्दा सबैले राम्रै भन्छन्, तर सक्नेले पहिला जिल्ला र पिएचसीमा पुर्यााएर देखाउनुपर्छ,' उनले नागरिकसँग भने, 'पोलिसीमा राखिने बुँदाको आधार खुलाउनुपर्थ्यो।'
विश्व स्वास्थ्य संगठनका अनुसार प्रति १० हजार जनसंख्यामा २३ चिकित्सक, स्वास्थ्यकर्मी, अनमी र स्टाफ नर्स हुनुपर्छ। नेपालमा हाल प्रतिहजार जनसंख्या बराबर ० दशमलब ०४२ चिकित्सक, ० दशमलब २५ नर्स छन्। यस आधारमा प्रतिहजार जनसंख्यामा स्वास्थ्यकर्मीको अनुपात ०.२९ हुन आउँछ।
नयाँ नीतिमा भौगोलिक र जनसंख्या अनुपातमा मापदण्ड बनाएर बढीमा ३० मिनेट पैदल दुरीमा 'एक गाउँ एक स्वास्थ्य संस्था' स्थापना गर्ने उल्लेख छ। 'यो नेपालको भौगोलिक विकटतालाई नबुझ्नुको उपज हो,' पाठकले भने, 'व्यवस्थित बसोबास कार्यक्रमसँग सहकार्य गरेर मात्रै यस्ता योजना सफल हुन सक्छ, पहाडी क्षेत्रमा एक घरबाट अर्को घरमा पुग्न घन्टौं लाग्छ।' नयाँ नीतिले गाविसस्तरको स्वास्थ्य संस्थामा प्रयोगशाला र एक्स–रे सेवा विस्तार गर्दै लैजाने समेत उल्लेख छ।
त्यसैगरी, प्रत्येक २० हजार जनसंख्यामा एक प्राथमिक स्वास्थ्य केन्द्र र प्रति एक लाख जनसंख्याका लागि २५ शऒ्ढयाको एक अस्पताल र औद्योगिक क्षेत्रमा प्रथामिक स्वास्थ्यकेन्द्र स्थापना गर्ने योजना यस नीतिले अगाडि सारेको छ। त्यसैगरी सबै क्षेत्रका बासिन्दाको सहजतालाई ध्यानमा राखेर विशेषज्ञ र अति विशेषज्ञ सेवा प्रदान गर्ने संस्था बढाउँदै लाने, मापदण्डका आधारमा सघन उपचार सेवा (आइसियु) सहितको सेवा जिल्ला अस्पतालसम्म विस्तार गर्ने नीतिमा उल्लेख छ।
अर्का जनस्वास्थ्यविद डा. रीता थापाले ग्रामीण र सहरी क्षेत्रमा विद्यामान असमानता पहिचानबिनै समानता कायम गरिने भन्ने वाक्यका भरमा नीतिले समानता कायम गर्न नसक्ने बताए। 'स्वास्थ्य सेवाको आधारभूत कुराकै व्यवस्था गर्न नसकेको अवस्था छ,' थापाले भनिन्, 'गाउँगाउँमा डाक्टर पुर्या उन स्वास्थ्य केन्द्र खोल्ने आधार के?'
उनका अनुसार सहरी क्षेत्रमा ७२.५ महिलाले प्रसूति सेवा पाएकोमा ग्रामीण क्षेत्रमा ३२.३ प्रतिशतमा मात्रै यो सेवा उपलब्ध छ। 'द्वन्द्वकालमा समेत घटिरहेको नवजात शिशु मृत्युदर शान्तिकालमा २००६–२०११ मा घट्ने रोकिएको छ।' थापाले भनिन्, 'स्थानीय निकायलाई स्वास्थ्य प्रविधि, जनशक्ति तथा आवश्यक बजेट उपलब्ध गराई सशक्तीकरण गर्ने सोच नीतिले समेट्न सकेन।'
नयाँ नीतिले प्रमुख लोकमार्गबाट बढीमा एक घन्टा दुरीमा घाइतेको प्रारम्भिक उपचार गर्ने क्षमता हासिल गरेका स्वास्थ्यकर्मी र आवश्यक औषधिउपकरणसहितको स्वास्थ्य सञ्जाल निर्माण गरी उपचार प्रबन्ध गर्ने योजना अगाडि सारेको छ। आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सहज पहुँच वृद्धि गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूति वातावरण बनाउने महत्वकांक्षा पनि नीतिले लिएको छ।
अस्पताल फार्मेसी, औषधी वितरणमा फार्मेसी जनशक्तिको व्यवस्था गर्ने, बालमृत्युदर, मातृमृत्युदर, नवजात शिशुमृत्युदर औसत आयुजस्ता स्वास्थ्य एवं विकास लक्ष्य किटान गरी त्यसको प्राप्तिका लागि कार्यक्रम लागू गर्दै लाने सोच नीतिले लिएको छ। नीतिले एउटै संकेत नम्बरसहित एम्बुलेन्स सेवा व्यवस्थापन, दन्त तथा इएनटी चिकित्सा विषयमा रेफरल अस्पताल स्थापना, जनस्वास्थ्य र औषधि प्रयोगशाला क्षमता अभिवृद्धिको सोच अगाडि सारेको छ।
नीतिले अति विशिष्ट र अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा दिने क्षेत्रको यकिन गरी त्यस्ता क्षेत्रको यथोचित विकासबाट स्वास्थ्य पर्यटन र स्वास्थ्य विज्ञान अध्ययन केन्द्रका रुपमा विकसित गर्दै लाने सोच अगाडि सारेको छ।
त्यसैगरी, देशमा उपलब्ध जडीबुटी व्यवस्थापन र उपयोग गर्दै आयुर्वेद चिकित्सा प्रणाली प्रवर्द्धन, गुणस्तरीय औषधि र स्वास्थ्य सामग्रीको सहज तथा प्रभावकारी आपूर्ति सुनिश्चित, गुणस्तरीय र स्वास्थ्यवर्द्धक खाद्यपदार्थको प्रवर्द्धन, प्रयोगमार्फत कुपोषण न्यूनीकरण नीति सरकारको छ।
स्वस्थ्य मन्त्रालय नीति योजना महाशाखाका प्रमुख डा. पदमबहादुर चन्दले नीतिले वर्तमान वास्तविकताको धरातल उभिएर हामीले गर्नुपर्ने कामको प्रक्षेपण गरेको बताए। चन्दले सरकारी स्रोत, वैदेशिक ऋण तथा सहयोग तथा नीति क्षेत्रको समेत लगानीलाई आकर्षित गरी नीति कार्यन्वयनको आधार बनाइने बताए।
स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. तीर्थराज बुर्लाकोटीले स्वास्थ्य नीतिले स्वास्थ्यमा आवश्यकताका आधारमा बृहत सोच अगाडि सारेको भन्दै त्यसका कार्यान्वयन गर्ने दायित्व स्वास्थ्य मन्त्रालयको मात्रै नहुने बताए। 'यो सरकारको नीति हो, यसअनुसार बजेटका लागि अर्थको सहयोग चाहिन्छ, जनशक्ति थप्न सामान्य प्रशासनको सहमति चाहिएला, शिक्षासँग जोडिएका कुरामा पनि साहयोग चाहिन्छ, ' उनले भने।