काठमाडौं–गाईजात्राको अवसरमा वसन्तपुर क्षेत्रमा सरसफाइ गरिने भएको छ। पर्यवरण सम्प्रेषण समूहको अयोजनामा जात्राको बेला हुने फोहोरमैला हटाउनका यस्तो कार्यक्रम आयोजना गरिएको समूहका अध्यक्ष गणपतिलाल श्रेष्ठले आइतबार जानकारी दिए।सोमबार वसन्तपुर क्षेत्रमा दिनभर सफाइ गरिनेछ। श्रेष्ठका अनुसार सो क्षेत्रको मरु, चिंकमुन्गल, जैसिदेगल, कोहीटी, भीमसेनस्थान, प्याफल, यतखा, नरदेवी, किलागल लगायत हुदै हनुमानढोका शिवपार्वती लगायतमा हुने भिडको व्यवस्थापन पनि गरिनेछ। 'यस्ता भिडमा प्लाष्टिक लगायत फोहोरलाई व्यवस्थित गर्नेछौं,' उनले भने, 'यसबाट जात्रा र पर्वलाई प्लाष्टिकमुक्त बनाउँनका लागि पनि हामीले कुरा उठाउँछौं।'
कार्यक्रमका अवसरमा प्रथामिक उपचार केन्द्र, जनचेतनामूलक नाटक, निशुल्क पिउने पानी, लगायतका सेवा पनि प्रदान गरिने उनले जानकारी दिए। कार्यक्रमभर तीन सय जना स्वयमसेवक परिचालन गरिने पनि उनले जनाए।
समुहले आठ वर्षदेखि गाइजात्राका अवसरमा यस्तो कार्यक्रम गर्दै आएको आयोजकले जानकारी दिए।