रसुवा - चार जलविद्युत आयोजनाको निर्माण भइरहेको चिलिमे जलविद्युत् कम्पनीको व्यवस्थापन परिवर्तनको विरोधमा रसुवाको राजनीतिक दल र चिलिमे, थुमन र टिमुरेका स्थानीयले तालाबन्दी गरेका छन्।दुई दिन अघिदेखि आन्दोलनको कार्यक्रम घोषणा गरेको स्थानीयले निर्माणधीन रसुवागढी र चिलिमे जलविद्युतको ड्याम साइडमा तालाबन्दी गरेका छन्।
स्थानीयले रसुवागढी जलविद्युत् आयोजनाको काम गरिरहेको स्थानमा समेत अवरोध पुर्याएका छन्। चार दिनअघि मात्र जिल्ला प्रशासन कार्यालय रसुवामा नेकपा एमाले सहितका दलले आयोजना पूर्ण रुपमा सञ्चालन ल्याउन प्रतिबद्धता व्यक्त गरेका थिए। चिलिमे जलविद्युतका व्यवस्थापक हटाइएको विषयमा जिल्लामा पक्ष र बिपक्षमा विभाजित छन्। गत बुधबार जिल्ला प्रशासन कार्यालयमा आयोजना सुचारु गर्ने पक्षमा नेकपा एमाले लगायतका दलले प्रतिवद्धता व्यक्त गरेका थिए। सत्ताधारी दल नेपाली काँग्रेस, विपक्ष दल एनेकपा माओवादी र संघीय गणतान्त्रिक समाजवादी पार्टी लगायतले चिलिमेमा घिसिङको पुर्नवहालीको माग गर्दै आन्दोलनमा उत्रिएका छन्।