रत्ननगर - सार्वजनिक जग्गामा भूमाफियाहरु सक्रिय हुन थालेपछि रत्ननगर नगरपालिकाले आफ्नो सेवा क्षेत्रभित्रका सरकारी जग्गा सीमाङ्कन गरी सार्वजनिक गर्ने काम सुरु गरेको छ।नगरपालिकाले यो अभियान रत्ननगर–७ बाट सुरु गरेको रत्ननगर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख तोरणराज पौडेलले जानकारी दिए। रत्ननगर–७ मा करिब १० बिघाभन्दा बढी सार्वजनिक जग्गा रहेको स्थानीयवासीले बताए।
रत्ननगर–७ को निर्माणाधीन अवस्थामा रहेको ढिकुवा झोलुङ्गे पुल क्षेत्र वरिपरिबाट सार्वजनिक जग्गा सीमाङ्कनको काम सुरु गरेको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सीताराम पोखरेलले जानकारी दिए।
स्थानीयवासी, राजनीतिक दल, पत्रकारको रोहवरमा नगरपालिकाले जग्गा सीमाङ्कन गरेको हो। सो क्षेत्रमा भूमाफियाहरुले दुई नम्बरी पुर्जा बनाएर जग्गा अतिक्रमण गर्न सुरु गरेको स्थानीय हरि आचार्यले बताए।
त्यहाँ रहेका सार्वजनिक जग्गा सँधियारले उपभोग गर्दै आएको र कतिपयले आफ्नो नाममा बनाउन चलखेल गरेको आचार्यले बताए।
दलालहरु सक्रिय भइरहेकाले ती जग्गा कि सार्वजनिक गर्नुपर्ने कि त सरकारी बनाउनु पर्ने स्थानीयवासीको माग छ। सोही क्षेत्रमा रहेको करिब १५ कट्ठा जग्गा प्रहरीको नाममा पनि दर्ता छ।
रत्ननगरमा सार्वजनिक जग्गा धेरै रहेकाले ती जग्गाहरुमा विस्तारै सीमाङ्कन गर्दै सार्वजनिक गरिने नगरपालिकाका सामाजिक विकास शाखाले जानकारी दिएको छ। सीमाङ्कनपछि मात्रै नगरपालिकाभित्र रहेका सार्वजनिक जग्गाको तथ्याङ्क बाहिर आउने छ।