विराटनगर- कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठान विराटनगरले यसवर्षको युवा पत्रकारिता पुरस्कार नागरिक दैनिक पुर्वेलीका स्थानीय सम्पादक अजित तिवारीलाई दिने निर्णय गरेको छ।प्रतिष्ठानको हालै बसेको वैठकले साउन २७ गते हुने पाँचौ स्मृति सभामा उक्त पुरस्कार नागरिककर्मी तिवारीलाई प्रदान गर्ने जनाएको छ। पुरस्कारको राशी ११ हजार रुपैयाँ छ। यसैगरी, युवा उद्योगी सम्मान विराटनगरका युवा युद्योगी सुजन थापा र महिला उद्योमी सम्मान इलाम उद्योग वाणिज्य संघकी अध्यक्ष सुशिला सापकोलाई प्रदान गरिने प्रतिष्ठानका महासचिव लिलावल्लभ घिमिरेद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ।
नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञावालीले पत्रकारिता पुरस्कार र सम्मान प्रदान गर्नेछन्। प्रतिष्ठानले हरेक वर्ष सुनसरीको जनता उच्च मावि विद्यालयबाट एसएलसीमा उर्वोत्कृष्ट अंक ल्याउने एक जना विद्यार्थीलाई दिँदै आएको पुरस्कार यस पटक मनीष गामीलाई प्रदान गर्ने भएको छ