झापा– पूर्व पश्चिम राजमार्गमा यात्रु बस गुड्न छाडेको पाँच दिन पूरा हुँदा जनजीवन अस्तव्यस्त बन्दै गएको छ। यसको असर मेची र कोही राजमार्गमा समेत परेको छ ।
नयाँ यातायात व्यवसायी संघको कार्यालय र सेवा उद्घाटन कार्यक्रम बिथोल्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सम्बद्ध मजदुरले थालेको बन्द पाँचौं दिन पूरा भएको हो। शुरुमा मेची अञ्चल बन्द भन्दै थालिएको यातायात ह्डतालले पाँचौं दिन पूरा गर्दा यसको विस्तार कोशी र सगरमाथा अञ्चलसम्मै भएको छ। महासंघले आफ्ना बसहरु सडकमा चलाएको छैन । सञ्चालन गर्न खोज्नेलाई पनि बन्दको अवरोध तेस्र्याएको छ । यसले जनजीवन कष्टप्रद बन्दै गएको छ ।
झापाबाट काडमाडौंका लागि चल्ने सम्पूर्ण बसहरु संयुक्त बस व्यवस्थापनका नाममा आलोपालो प्रणालीमा चल्दैथिए। यो वर्षदेखि उज्यषलो यातायात व्यवसायी संघले पनि गाडी थप्ने योजना बनाएपछि संयुक्त व्यवस्थापनका व्यवसायी र मजदुर त्यसको विरोधमा उत्रिएका हुन्।
गएको मंगलबार उद्घाटन भएको उज्यालो यातायातलाई रोक्न उनीहरुले हड्ताल गरेका हुन्। उनीहरु उज्यालो दर्ता खारेजीको मागमा छन् । 'उनीहरुले आलोपालो प्रणाली मिच्न खोजे', नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ मेचीका संयोजक लक्ष्मीप्रसाद सिटौलाले विज्ञप्ति जारी गर्दै भनेका छन् 'गैरव्यसायीका कारण यो समस्या आएको हो ।'
तर, उज्यालो यातायात व्यवसायी संघले भने सडकमा सिण्डिगेट लादिएको भन्दै आपत्ति जनाएको छ। आफ्ना बसहरु पाँच दिनभित्र पाँच ठाउँमा तोडफोड भएको जनाउँदै उज्यालोका सचिव केवलराम राईले आफूहरु व्यवसाय गर्न पाउने स्वतन्त्रताको उपभोग गर्न प्रतिबद्ध रहेको बताए । 'केही नलागे हामी अदालतसम्मै जान्छौं', उनले भने ।
यसैबीच यातायात तनाव हटाउन जिल्ला प्रशासन कार्यालयमा व्यवसायी, दल र प्रशासनबीच वार्ता शुरु भएको छ। यद्यपि यसअघि पनि संयुक्त व्यवस्थापन र उज्यालोबीच वार्तामा सहमति भएको थियो। तर, बसको क्यु बाँड्ने कुरामा सहमति नजुटेपछि दुई दिनसम्म काँकडभिट्टामा झडप हुनेगरी तनाव भयो। र, हड्ताल पनि लम्बिँदै गएको हो।

सिन्डिकेट लाद्न बन्द