काठमाडौं— चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा लामो समयदेखि रिक्त सम्पूर्ण पदाधिकारी नियुक्ति भएका छन्। प्रतिष्ठान उपकुलपतिको सिफारिशमा रिक्त सम्पूर्ण पदमा आजै नियुक्ति भएको हो।
रेक्टरमा रंगबहादुर बस्नेत, डिनमा डा. योवनचन्द्र शिवाकोटी, रजिष्ट्रामा डा.किरण मानन्धर, निर्देशकमा डा. स्वयंप्रकाश पण्डित र कार्यकारी सदस्यमा डा.भुपेन्द्र बस्नेतलाई नियुक्त गरिएको छ।
प्रतिष्ठान कूलपतिका हैसियतले प्रधानमन्त्री सुशील कोइरालाले उपकूलपतिमा गणेश गुरुङलाई नियुक्ति गरेपछि अन्य पदाधिकारी नियुक्तिको बाटो खुलेको हो।
नियुक्ति प्रक्रिया टुंगिएसँग भएसँगै विभिन्न माग राखी १४ दिनदेखि हड्तालमा उत्रिएका आवासीय चिकित्सकले आन्दोलन तत्काल फिर्ता नगर्ने बताएका छन्। आन्दोलनरत आवासीय चिकित्सकको संस्था र्यानका अध्यक्ष अन्य माग पूरा हुने वैज्ञानिक आधार देखिँदासम्म आन्दोलन फिर्ता नलिने बताए।
पदाधिकारी नियुक्तिसँगै प्रतिष्ठानको पहिलो कार्यकारी बैठक अहिले बसिरहेको छ।