काठमाडौं— एक हप्ताअघिको भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा सुरक्षा कारण हटाइएको राजधानीका मूख्य सडकका सडक डिभाइडर केही महिनाका लागि यथास्थानमै राखिने भएको छ । मोदी भ्रमणपछिको समिक्षा बैठकमा डिभाइडरबिना सडक सुन्दर देखिएको भन्दै महानगरिय ट्राफिक प्रहरी महाशाखाले ती डिभाइडर केही समय सडकमा नराख्ने निर्णय गरेको हो।
सडकमा ट्राफिक नियम मिच्न सवारी चालकहरु लागिरहने हुँदा डिभाइडरले केही मात्रामा यसको हल गरेको थियो । तर कतिपय अवस्थामा सडकमा दुर्घटना हुनुको कारण पनि रहेका डिभाइडरको विकल्प पनि खोजिरहेको महाशाखा प्रमुख डिआइजी केशव अधिकारीले बताए ।
'मोदी भ्रमणपछि हामीलाई सडकमा धुलो जम्नबाट रोक्न र सुन्दरता देखाउँनका लागि डिभाइडर हटाउँनका लागि ध्यान दिएका हौं,' उनले भने, 'तर यो केबल केही महिनाका लागि हुनेछ । यसको दीर्घकालिन समाधान आइसकेको छैन ।'
मंसिर १० र ११ गते सार्क शिखर सम्मेलन काठमाडौंमा आयोजना हुन लागेकाम त्यतिखेर पनि सडक डिभाइडरविहिन बनाउँनुपर्ने महाशाखाले जनाएको छ । सार्कका लागि अहिले डिभाइडर हटाएर अभ्यास पनि भैरहेको अधिकारीले स्वीकारे । 'मोदी एउटा देशको प्रधानमन्त्री आउँदा यस्तो सावधानी अपनाएका थियौं,' उनले प्रष्ट्याए, 'अब सार्क सम्मेलनमा त झन्, आठ देशका राष्ट्रप्रमुखहरु आउँनुहुन्छ । त्यसैले सडक डिभाइडरबिहिन हुनेछन् ।'
उनका अनुसार यदि सडकमा डिभाइडर नहुँने हो भने सडक मार्किङ राम्रो हुनुपर्ने हुन्छ । तर मार्किङ पनि हुँदैमा त्यसको सहि सदुपयोग हुनुपर्ने उनले औल्याए । 'डिभाइडर नहुँदाका अवस्थामा आउँने समस्या पनि अहिले आएको छैन,' उनले भने, 'दुर्घटना भएको छैन । सडक मार्किङ र सडक लाइट मा निकै राम्रो हुँन सके राम्रो हुन्छ ।'
उनका अनुसार विदेशतिर सडक डिभाइडरको प्रचलन नभएकाले त्यहाँ सडक मार्किङ र सडक बत्तीको पालना भैरहेको अवस्थामा सडक अनुशासन चुस्त छ ।
तर ट्राफिक इन्जिनियर आशिष गजुरेलले डिभाइडर नभएपछि सडक जाम बढेको बताए । उनका अनुसार डिभाइडर नहुँदा सुन्दर देखिएपनि त्यो बाटो काट्ने सर्वसाधरणका लागि जोखिमपूर्ण भएको छ । 'एउटामान्छे एउटा लेन हेर्दै बाटो काटिरहेको हुन्छ तर विपरित दिशाबाट अर्को गाडी तछाडमछाड गरेर हुत्तिन्छ,' उनले भने, 'यसले पैदलयात्रीलाई निकै सास्ती हुन पुग्छ । यो लेन अनुशासनको अभावका कारण भएको हो ।'
अहिलेका कतिपय डिभाइडर सुरक्षाका दृष्टीले जोखिम भएपनि दरवारमार्ग क्षेत्रमा जस्तो पातलो फलामको रेलिङ हाल्न सके उपयुक्त हुने र सडक सुन्दर पनि देखिने तर्क उनले सारे । सवारी चालकले सवारी जहापायो त्यहीबाट फर्काउने, ओभरटेक गर्ने, आफ्नो लेनमा नहिड्ने जस्ता समस्या आएको उनल बताए ।
तीनकुने–सूर्यविनायक सडकको जस्तो डिभाइडर र तीनकुने –माइतिघरमा बन्दै गरेको हरियाली सहितको डिभाइडर उपयुक्त रहेको समेत गजुरेलले बताए । काठमाडौंका सडकमा लेन मार्किङ पनि राम्रोसँग नभएको उनको गुनासो छ । 'इन्जिनियरिङका हिसाबले सडकमा डिभाइडर नभै नहुँने पक्ष हो,' उनले भने, 'ट्राफिक नियम लागू गराउँनकै लागि डिभाइडर आवश्यक छ ।' यसका लागि प्राविधिक र व्यवहारिक हिसाबले डिभाइडरको अत्यन्त महत्व रहेको उनले बताए ।