लागुऔषधसहित दुई जना पक्राउ
२४ असोज २०७८
•
१ मिनेट पाठ
लागुऔषधसहित दुई जना पक्राउ
लागुऔषधसहित प्रहरीले मोरङको केराबारी र विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ।




केराबारी गाउँपालिका–७ स्थित डाँगीबाट ३० वर्षीय विशाल लिम्बूलाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ। लिम्बूलाई शनिबार राति ८ बजेतिर इलाका प्रहरी कार्यालय केराबारीको टोलीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले बताए।

पक्राउ परेका लिम्बूको साथबाट ब्राउन सुगर १ ग्राम ९ सय मिलिग्राम बरामद भएको छ। इलाका प्रहरी कार्यालय बेलाबारीमा पक्राउ परेका लिम्बूलाई राखेर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

त्यस्तै, विराटनगर महानगरपालिका–१५ स्थित सायरा होटलका सञ्चालक जहदा गाउँपालिका–७ का २८ वर्षीय रमेश साहलाई लागुऔषध कारोबारको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ। होटलमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीको टोलीले चेक गर्दा लागुऔषध भेटिएको एसपी राईले बताए। 

होटलबाट लागुऔषध डालेक्स १५ बोतल, नाइट्राभेट ४२ चक्की, स्पासमो प्रोक्सिभोन २४ चक्की, स्पास ट्रानकोन प्लस ३४ चक्की र गाँजा २ सय ४० ग्राम बरामद गरिएको हो। होटल सञ्चालक साहलाई पक्राउ गरी थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

त्यसैगरी, सुनबर्षी नगरपालिका–९ डाइनियाँमा एक जना बालकको पोखरीमा डुबी भएको प्रहरीले जनाएको छ।

श्यामप्रसादल सिंहका ३ वर्षीय छोरा अजित सिंहको पोखरीमा डुबेर शनिबार मृत्यु भएको हो। आमा पोखरीमा लुगा धुन जाँदासँगै गएको र खेल्ने क्रममा अचानक पोखरीमा डुबी घाइते भई उपचारका क्रममा रंगेली अस्पतालमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। घटनाको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको जनाएको छ।
अर्को समाचार
लागुऔषधसहित ८ जना पक्राउ परेको २४ घण्टा नबित्दै थप ३ किशोर पक्राउ
०९ असोज २०७७
•
२ मिनेट पाठ
लागुऔषधसहित ८ जना पक्राउ परेको २४ घण्टा नबित्दै थप ३ किशोर पक्राउ
लागुऔषधसहित पक्राउ किशोरहरु । तस्बिरः महेश्वर
उदयपुरका ३ किशोर अवैध लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको चौदण्डीगढी नगरपालिका ४ को नमूना चोकबाट लागुऔषध नाईट्राभेटसहित स्थानीय ३ किशोर बिहीबार राति पक्राउ परेका हुन्।  




बसाहा प्रहरी चौकीबाट खटेको टोलीले चोकमा टहलिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा लागुऔषधसहित फेला पारेर नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ६ लाफाचोकका २० वर्षीय जुजुहाङ राई, चौनपा ७ साकेलाचोकका १५ वर्षीय सुजन परियार र सोही वडाको लामेचौरीका १८ वर्षीय नविन परियार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।  

बिहीबार साँझ ७ः३० बजे पक्राउ परेका उनीहरुको साथबाट २१ थान नाईट्रभेट नामक लागुऔषध बरामद भएको छ। पक्राउ तीनैजनालाई इलाका प्रहरी कार्यालय बेलटारको हिरासतमा राखेर आवश्यक अनुसन्धान कार्य सुरु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले जनाएका छन्।  

प्रहरीले अघिल्लो दिन मात्र भारी परिमाणको लागुऔषधसहित १ महिला र ७ पुरुषलाई पक्राउ गरेको थियो। जिल्लाको सप्तरीसँग जोडिएको दक्षिणी सीमानाका फत्तेपुरबाट र पश्चिमी सीमानाका लालपत्ताबाट भित्रिएको लागुऔषधसहित उनीहरु पक्राउ परेका थिए। फत्तेपुरबाट सदरमुकाम त्रियुगा नगरपालिका १ जोगीदह भित्र्याएको १ सय ५ थान लागुऔषधसहित ८ जना र पश्चिमी नाका त्रियुगा नगरपालिका ६ लालपत्ताबाट भित्र्याएको १ सय ८० थान लागुऔषधसहित एक दम्पति पक्राउ परेका थिए।  

दुईतिरबाट २ सय ८५ थान लागुऔषध जिल्ला भित्र्याउनेलाई बिहीबार दिउँसो जिल्ला प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो। उनीहरुलाई सार्वजनिक गरेको २४ घण्टा नबित्दै प्रहरीले थप ३ जनालाई पक्राउ गरेको हो।  

जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहालले जिल्लाभित्र हुने अवैधानिक गतिबिधि र आपराधिक क्रियाकलापमाथि रोक लगाउन थालिएको अभियान अन्तर्गत अपराधिक कार्यमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेको बताए। उनका अनुसार कोभिडका कारण देशभर लागू भएको लकडाउनका बेलामासमेत कम नभएको आपराधिक घट्ना लकडाउन खुलेपछि झन् बढेको छ।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस