तीन स्थानीय तहका १ सय ४ परिवारलाई राहत
२४ असोज २०७८
•
२ मिनेट पाठ
तीन स्थानीय तहका १ सय ४ परिवारलाई राहत
कोभिड संक्रमणका कारण जुम्लाको तीन स्थानीय तहका रोजगारी गुमाएका परिवारले राहत पाएका छन्। यहाँको पातारासी, तातोपानी र चन्दननाथ नगरपालिका भित्रका कोभिडका कारण प्रभावित १ सय ४ परिवारले राहत पाएका हुन्।  




उनीहरुले एक बोरा चामल, साढे २ केजी दाल, दुई लिटर तेल, एक पोका नुन र एक पोका चिनी पाएका हुन्। तातोपानी गाउँपालिका भित्रका ४३, पातारासीका ४० र चन्दननाथ नगरपालिकाका ३० घरपरिवारले राहत पाएका हुन्।  

कोभिडका कारण ज्यालादारीमा काम गर्ने परिवारको रोजगारी गुम्यो। अहिले एक छाक टार्न पनि निकै कठिन छ, पातारासी गाउँपालिका उपाध्यक्ष पुन्नकली महताराले भनिन्,‘कोभिडले थलिएका परिवारको पहिचान गरेर राहत दिइएको छ। यसले उनीहरुलाई निकै राहत मिलेको छ।’

कोभिड संक्रमण हुने त्रासले निरन्तर निषेधाज्ञ हुँदा यहाँका विपन्न नागरिकको रोजगारी गुमेको थियो। उपाध्यक्ष महताराले भनिन्,‘यो राहतले केही राहत मिल्नेछ। गाउँपालिकाले पनि कोभिड प्रभावितको अवस्था हेरेर राहतको प्याकेज ल्याउन सक्छ।’

कोभिड प्रभावितको विवरण सम्बन्धित गाउँपालिकाले छनौट गरेको थियो। कारीतास जर्मन, कारीतास नेपालको आर्थिक सहयोग र पेस नेपालको साँझेदारीमा सञ्चालित नेपाल कोभिड १९ प्रतिकार्य परियोजना २०२१, अन्तर्गत खाद्यान्न सामग्री सहयोग गरिएको हो।

कोरोनाबाट प्रभावित ताराबहादुर बोहोराले यो राहतले एक महिनासम्म गुजारा चल्ने बताए। उनले भने,‘कोरोनाले कतै चल्न दिएन। आमदानीको स्रोत नै बन्द भयो। अन्नबालीमा रोग किराको संक्रमण पनि देखियो। यो राहतले केही दिन छाक टार्न पुग्नेछ।’ राहत लिन आएका प्रभावित परिवारलाई घरबाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्न, सेनिटाइजर प्रयोग गर्न, सामाजिक तथा व्यक्तिगत दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरिएको थियो।

कोभिड प्रभावितलाई सामाजिक तथा व्यक्तिगत दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर राहत प्रदान गरिएको पेस नेपालका परियोजना प्रमुख हेमराज भट्टले जानकारी दिए ।  

चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले संकटमा दातृ निकायले गरेको राहतको सहयोग निकै प्रसंसनीय रहेको बताइन्। उनले भनिन्,‘कोभिडले यहाँको जनजीवन निकै प्रभावित बन्यो। काम गर्न पाएनन्। मौसमले खेती पनि सुध्रिएन। किसान निकै मर्कामा छन्।’

उनले कोभिड प्रभावित मैत्री कार्यक्रम ल्याउनको लागि गैरसरकारी संस्थालाई आग्रह गरिन्।
अर्को समाचार
बाढी प्रभावित परिवारलाई ६ महिनासम्म मासिक १५ हजारसम्म राहत
२८ भदौ २०८३
•
१ मिनेट पाठ
बाढी प्रभावित परिवारलाई ६ महिनासम्म मासिक १५ हजारसम्म राहत
तस्बिर : रविन चौंलागाईं
भोटेकोशी बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहका प्रभावित परिवारलाई बसोबास तथा जीविकोपार्जनका लागि तत्काल राहत उपलब्ध गराइने भएको छ।




राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का अनुसार बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखा जिल्लाका १५ स्थानीय तहका प्रभावित परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्म राहत रकम उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ।

मन्त्रिपरिषद्ले भदौ २५ गते गरेको निर्णयअनुसार प्राधिकरणले आइतबार पाँचै जिल्लाका सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको जनाएको छ।

प्राधिकरणका अनुसार चार जनासम्म सदस्य भएका प्रभावित परिवारलाई प्रतिपरिवार प्रतिमहिना १५ हजार रुपैयाँ उपलब्ध गराइनेछ। चार जनाभन्दा बढी सदस्य भएका परिवारका हकमा चार जनापछि प्रत्येक थप सदस्यका लागि प्रतिमहिना दुई हजार रुपैयाँ थप उपलब्ध गराइनेछ।

तर यस्तो राहत पूर्ण रूपमा क्षति भई बसोबास गर्न अयोग्य भएका निजी आवासका प्रभावित परिवारले मात्र पाउने छन्। होल्डिङ सेन्टरमा नबसी निजी ढङ्गले अस्थायी बसोबासको व्यवस्थापन गर्न चाहने परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्म बढीमा ६ महिनासम्म राहत रकम उपलब्ध गराइने प्राधिकरणले जनाएको छ।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस