पोखरा— मुख्य पर्यटकीय केन्द्र लेकसाइडका डिस्को लगायत रात्रिकालीन व्यवसायहरु राति २ बजेसम्म खुल्ने भएका छन् । डिस्को लगायत रात्रिकालीन व्यवसाय रातिको २ बजेसम्म चल्न दिन पुनरावेदन अदालत पोखराले आदेश दिएको छ । अहिलेसम्म राति ११ नबज्दै प्रहरीले रेस्टुरेन्ट, बार र डिस्कोहरु बन्दै गराउँदै आएको छ।कुनै पनि व्यवसाय राति कति बजेपछि चल्न नपाउने भन्ने खास कानुन नभए पनि शान्ति सुरक्षाको कारण देखाउँदै प्रहरीले लेकसाइडमा ११ बजेपछि व्यवसाय चल्न दिने गरेको छैन । घुमफिर र मनोरञ्जनको उद्देश्य लिएर टाढाटाढाबाट आउने पाहुनालाई पनि खाँदाखाँदै र नाच्दानाच्दै प्रहरीले डिस्को र डान्स रेस्टुरेन्टबाट निकाल्दै आएको छ । पुनरावेदनको आदेशानुसार भने अब प्रहरीले त्यसो गर्न पाउने छैन ।
न्यायाधीश डिल्लीराज आचार्य र महेश पुडासैनीको इजलासले जिल्ला प्रशासन, प्रहरी र क्षेत्रीय प्रशासनका नाममा आदेश जारी गरेको हो । साउन २१ गते न्यायाधीशद्वयले उक्त आदेश दिएको अदालतका रजिस्ट्रार देवेन्द्र ढकालले जानकारी दिए ।
लेकसाइडको ओजन डिस्कोका सञ्चालक महेन्द्र गुरुङले राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाऊँ भनी गएको जेठ १८ गते पुनरावेदन अदालत पोखरामा रिट निवेदन दायर गरेका थिए । उनले डिस्कोमा सुरक्षाका लागि गार्डहरु राखेको, सिसी टिभीबाट निगरानी गर्ने व्यवस्था मिलाएको र होहल्ला नहोस् भनेर साउन्डप्रुफिङ पनि गरेको लगायत व्यावसायिक मर्यादापालना गरेको जानकारीसहित रिट हालेका थिए । त्यसो गर्दा पनि धरपकड गरेर संविधानप्रदत्त व्यावसायिक अधिकार हनन् गरिएको उनको गुनासो थियो । निवेदनमा गुरुङका तर्फबाट अधिवक्ता रोहितराज बास्तोलाले बहस गरेका थिए ।
पुनरावेदनले यसअघि सर्वाेच्च अदालतले २०६५ मंसिर १३ गते सरकारलाई दिएको निर्देशनका आधारमा लेकसाइडमा रात्रिकालीन व्यववसाय २ बजेसम्म चलाउन दिनुपर्ने आदेश गरेको छ । उतिबेला सर्वाेच्चले रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डिस्को, बार, मसाज पार्लरआदिलाई मर्यादित बनाउँदै सञ्चालनका लागि कानुन बनाउन सरकारलाई निर्देशन दिएको थियो ।
काठमाडौंको ठमेलमा रात्रिकालीन व्यवसायमा तत्कालीन गृहमन्त्री वामदेव गौतमले नै प्रहरी लगाएर हस्तक्षेप गरेपछि सर्वाेच्चमा रिट परेको थियो । उतिबेला सर्वाेच्चले त्यसबारे बनाउन निर्देशन गरेको कानुन अझै बनेको छैन । तर सर्वाेच्चको निर्देशन र आदेशानुसार ठमेलमा रात्रिकालीन व्यवसाय चलिरहेका छन् । त्यस्तै अवस्था ललितपुरमा पनि छ ।
पुनरावेदन पोखराले ३ महिनाभित्र आचारसंहित बनाउने गरी अहिलेलाई राति २ बजेसम्म डिस्को लगायत रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिन आदेश दिएको हो । अदालतले सम्बन्धित व्यवसायका प्रतिनिधि, पत्रकार महासंघ कास्की, मानव अधिकार सञ्जाल र नागरिक समाज कास्कीका प्रतिनिधिहरु र विज्ञसँग छलफल गरी रात्रिकालीन व्यवसायका लागि आचारसंहित तयार गर्न जिल्ला प्रशासन कार्यालय कास्कीलाई आदेश दिएको छ ।
'पोखराजस्तो पर्यटकीय ठाउँमा रातिसम्म व्यवसाय चल्न दिनुपर्ने नै थियो,' अधिवक्ता बास्तोलाले भने, 'अदालतको आदेशले पर्यटकीय क्षेत्रको व्यवसायको अवरोध हटेको छ ।' प्रहरीले अनावश्यकत धरपकड गर्दा विदेशी पर्यटकमाझ लेकसाइडबारे नकरात्मक छाप पर्ने गरेको व्यवसायीको गुनासो थियो । रेस्टुरेन्ट र डिस्कोबाट प्रहरीद्वारा बेलाकुबेला निकालिएका पर्यटकले सामाजिक सञ्जालमा पोखराको रात्रिकालीन अवस्थाबारे नमिठा अनुभूति लेखिदिनाले पर्यटक घटेको व्यवसायी बताउँछन् ।
लेकसाइडमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन व्यवसायीले रातभर उज्यालो बनाउन हालैमात्र सडकभरि सौर्यबत्ती जोडेका छन् । यसै सातादेखि सौर्यबत्ती सडकभर बल्न थालेपछि पर्यटकको सुरक्षा बढेको व्यवसायी बताउँछन् ।