गुल्मी– रिडिकी एक बृद्धाले आफूसँग भएको सर्वस्व दान गरेकी छन्। रुरु–५ रिडिकी ८८ बर्षिय बृद्धा श्रीलक्ष्मी याक्षले आफूसँग भएको सम्पूर्ण सम्पत्ती यहाँको एक स्थानीय संस्थालाई दान गरेकी हुन्।
आफन्तहरुको कोही पनि नभएकी उनले बाचुन्जेल स्याहार सम्भार गर्ने र मरेपछि काजक्रिया समेत गर्ने गरी स्थानीय चेतनशिल महिला बहुउदेश्य संस्थालाई प्रदान गरेकी हुन्। 'आफ्नो कोही छैन्, भएको सम्पत्ति संस्थालाई दान गरेको हुँ,' उनले भनिन 'मरेपछि नानीहरुकै कल्याणमा थारै भएपनि मेरो सम्पत्ति प्रयोग होला।' उनले मरेर स्वर्ग पुग्न यस्तो काम गरेको उनले बताइन्।
आफूले जन्माएका बालबच्चाहरु नबाँचेको र श्रीमान पहिल्यै नै बितिसकेकोले उनले संस्थालाई सम्पूर्ण सम्पत्ति दान गरेकी हुन्। उनले उक्त संस्थालाई रिडि बजारमा भएको घर र आफ्नो नाममा भएको बारी प्रदान गरेकी छन्। संस्थाले बाँचुन्जेल पालन पोषण गर्ने र मरेपछि सम्पूर्ण क्रियाकर्म गर्ने भएको छ। संस्थाकी अध्यक्ष लक्ष्मी ज्ञवालीले अहिले याक्षले आफै खाना पकाएर खान सक्ने भएपछि नसक्दाको दिनबाट आफूहरुले हेर्ने प्रतिबद्धता सहित सम्पत्ति संस्थाको नाममा लिएको बताइन ।
'क्रिया खर्चको लागि संस्थाको खातामा एक लाख राख्ने र बाचुन्जेल आफूले त्यसैको ब्याजले निर्बाह गर्ने मृत्यु भएपछि सोही एकलाखले क्रिया गर्ने भनेर एक लाख हाम्रो खातामा राख्दिन्छु पनि भन्नुभएको छ,' ज्ञवालीले भनिन्। याक्षले प्रदान गरेको सम्पत्तिको अहिले मोलतोल भने भएको छैन्।
यस अघि उनी रिडिमा सौतेनी बुहारीको क्रिया गरेर चर्चामा आएकी थिइन्।