काठमाडौं-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेको इबोला भाइरस नेपाल भित्रिन र फैलिन नदिन सरकारले अफ्रिकाबाट आएका व्यक्तिको निगरानीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'हेल्थ डेस्क' राख्ने निर्णय गरेको छ।
शंकास्पद बिरामीका लागि वीर र टेकु अस्पतालमा छुट्टै उपचार प्रबन्ध मिलाउनुका साथै इबोला जाँच क्रममा चिकित्सकको सुरक्षा निम्ति आवश्यक 'किट' बन्दोबस्त गर्ने निर्णयसमेत गरिएको छ।
इबोलाप्रभावित देशमा ठूलो संख्यामा नेपाली कार्यरत रहेकाले उनीहरूमार्फत रोग नभित्रियोस् भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मंगलबार बसेको सरकारी उच्च अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो।
अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा अफ्रिकाबाट आएका व्यक्तिको 'स्त्रि्कनिङ' (स्वास्थ्य जाँच) गर्दा शंकास्पद देखिएकालाई तत्काल वीर र टेकु अस्पताल भर्ना गरेर उपचारको व्यवस्था गर्ने बैठकको निर्णय छ।
मन्त्रिपरिषद कार्यालयका सचिव शान्तराज सुवेदीको संयोजकत्वमा बसेको बैठकमा निमित्त स्वास्थ्य सचिव डा. तीर्थराज बुर्लाकोटी, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सेनेन्द्रराज उप्रेती, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासैनीसहित गृह र पर्यटन मन्त्रालयका उच्च अधिकारी सहभागी थिए।
बैठकले विमानस्थलमा हेल्थ डेस्क राख्न नागरिक उड्डयन प्राधिकरणले स्थान उपलब्ध गराउने र स्वास्थ्य मन्त्रालयले यसका निम्ति प्राविधिक तयारी गर्ने निर्णय भएको निमित्त स्वास्थ्य सचिव डा. बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार उपचारका लागि तोकिएका दुवै अस्पताललाई 'आइसोलेसन वार्ड' सहित विशेष तयारी थाल्न परिपत्र गरिनेछ। आवश्यक उपकरण र जनशक्ति जुटाउन प्राविधिक सहयोग गर्ने निर्णयसमेत सरकारले गरेको छ।
यी निर्णयसँगै विमानस्थलमा १८ घन्टा खुला रहने गरी हेल्थ डेस्क सञ्चालन हुने भएको छ। यसमा प्रत्येक ६ घन्टाका दरले तीन सिफ्टमा चिकित्सक र नर्ससहितको टोली परिचालन हुनेछ। सन् २००९ मा बर्डफ्लु र स्वाइनफ्लुको महामारी घोषणा हुँदा सरकारले यस्तै तयारी गरेको थियो।
अन्तर्राष्ट्रिय विमानस्थलका अतिरिक्त भारतसँग सीमाना जोडिएका ६ नाका काँकरभिट्टा, मोरङ, वीरगन्ज, भैरहवा, नेपालगन्ज र महेन्द्रनगर तथा चीनसँगको कोदारीमा पनि विशेष सतर्कता अपनाउने निर्णय गरिएको छ। यी नाकामा क्वारेन्टाइन परीक्षणमा कडाइ गर्नुका साथै शंकास्पद देखिए भन्सार क्षेत्रका अधिकारीले स्थानीय स्वास्थ्य कार्यालयसँग समन्वय गरेर निगरानी तथा उपचार प्रबन्ध गर्ने निर्णय भएको छ।
'स्वास्थ्य मन्त्रालयले सर्वसाधारणमा स्वास्थ्य चेतनाका लागि विभिन्न सञ्चारमाध्यमबाट रोग र जोखिमबारे जनचेतना जगाउने कार्यक्रम पनि सँगै लैजानेछ,' निमित्त सचिव डा. बुर्लाकोटीले नागरिकसँग भने, 'रोग फैलिन नदिन सबैभन्दा ठूलो भूमिका शंकास्पद लक्षण देखिएका मानिसको हुन्छ, लक्षण देखिनासाथ आफैंले सावधानी अपनाउनुपर्छ।'
उनका अनुसार बुधबार तीन बजे स्वास्थ्य मन्त्रीको अध्यक्षतामा विभिन्न निकायको बृहत बैठक बोलाएर रोगविरुद्ध तयारी र रणनीति सार्वजनिक गर्ने कार्यक्रम छ। बुधबारको बैठकले अफ्रिकाबाट फर्र्किएका व्यक्तिलाई विशेष निगरानीसहित परिवारको प्रत्यक्ष सम्पर्कबाट जोगिएर रहन सार्वजनिक आह्वान गरिनेछ।
इबोला भाइरसको संक्रमण स्वास्थ्य उपचारमा संलग्न डाक्टरहरूमा पनि फैलिएकाले विमानस्थल र नाकामा स्वास्थ्य जाँचका लागि खटिने टोलीले पनि विशेष सुरक्षा उपाय अपनाउनेछन्। उनीहरूका लागि टाउकोदेखि खुट्टासम्म ढाक्ने कपडा, मास्क, ग्लोब्सलगायत व्यवस्था गरिने अधिकारीहरू बताउँछन्।
सोधपुछका आधारमा तीन सातायता अफ्रिका भ्रमण गरेको, आँखा रातो हुने, रुघाखोकी, ज्वरो, झाडापखालाजस्ता कुनै लक्षण देखिए तत्काल तोकिएको अस्पताल भर्ना गरिनेछ। अफ्रिकाबाट फर्किएका र हेल्थ डेस्क पुगेकाहरूलाई तीन साताको बीचमा रोगसँग मिल्ने हल्का लक्षण मात्र देखिए तुरुन्तै तोकिएका अस्पतालमा सम्पर्क राख्न आग्रह गरिने डा. मरासैनीले बताए। अन्तर्राष्ट्रिय रूपमा संक्रमितका सम्पर्कमा आएको एक साताभित्रै बिरामीको मृत्यु भएको छ।
९० प्रतिशतसम्म मृत्युदर भएको इबोला संक्रमण भइसकेको अवस्थामा उपचार र अन्यलाई संक्रमणबाट जोगाउन 'सुपरस्पेसियालिस्ट' चिकित्सकसहित आइसियु र भेन्टिलेटरसहितको पूर्वाधार, औषधि र उपकरणको आवश्यकता पर्छ। तोकिएकामध्ये टेकुमा आइसोलेसन वार्ड भए पनि आइसियु र भेन्टिलेटर छैन।
हालसम्म धेरै रोग अस्पतालबाटै फैलिएको भन्दै विज्ञहरूले स्वास्थ्य संस्थामा उपचारमा संलग्नहरूले विशेष सावधानी अपनाउनुपर्ने बताएका छन्। नेपालको क्वारेन्टाइन जाँच प्रणाली कमजोर भएकाले जोखिम बढी भएको उनीहरूको भनाइ छ। डब्लुएचओले यो भाइरस प्राकृतिक तालतलैयाबाट जनावरमार्फत मानिसमा सरेको पनि जनाएको छ।
नेपालले विश्वका १३ राष्ट्रसंघीय मिसनमा शान्ति सेना खटाउने गरेकोमा ८ वटा मिसन अफ्रिकी देशमै छ। कुल ४ हजार ३ सय ५० सैनिक शान्ति सेनामा कार्यरत रहेकामा ३ हजार ३ सय १९ जना विभिन्न अफ्रिकी मिसनमा छन्। त्यसमध्ये मोरक्कोमा ४ जना, आइभोरीकोस्टमा १, लाइबेरिया २०, कंगो १०४२, सुडान ३८९, दक्षिण सुडान १७१८ र मालीमा १४५ जना नेपाली सेना छन्।
वैदेशिक रोजगारका लागि खुला गरिएका १ सय ६ राष्ट्रमध्ये अफ्रिकी राष्ट्र ११ वटा छन्। आर्थिक वर्ष २०७०/७१ मा ३ सय ७० जनाले विभिन्न अफ्रिकी मुलुक जान श्रम स्वीकृति लिएका छन्। यसबाहेक दलालमार्फत अफ्रिकी राष्ट्र पुगेकाहरूको आधिकारिक तथ्यांक छैन। खासगरी महिलाहरूलाई दक्षिण अफ्रिकी राष्ट्रका विभिन्न डान्सबारमा पुर्याोइने गरेको छ।
वैधानिक रूपमा श्रम स्वीकृति लिएर जानेमा सबैभन्दा बढी दक्षिण अफ्रिका र रिपब्लिक अफ कंगो छन्। बढी संक्रिमित भएका देशमध्ये गिनीमा ५, लाइबेरिया १० र नाइजेरियामा २८ जना नेपाली गएको वर्ष वैधानिक रूपमा वैदेशिक रोजगारका लागि गएका छन्। लाइबेरियामा मात्रै २० हजार नेपाली रहेको आँकडा छ। नाइजेरिया, कंगो, दक्षिण अफ्रिकालगायत देशमा गरी करिब २ लाख नेपाली रहेको अनुमान छ।
इबोला संक्रमितका शरीरबाट निस्किने रगत, र्यािल, दिसा, पिसाब, थुक, वीर्य, यौनरसलगायत तरल पदार्थबाट यो भाइरस सर्न सक्छ। प्रत्यक्ष सम्पर्क नै सर्ने कारण भएकाले शंकास्पद लक्षण देखिएका व्यक्तिले समुदाय र परिवारलाई जोगाउन आफैं स्वास्थ्य संस्था जानुपर्ने विज्ञहरू बताउँछन्।
आवश्यक तयारी गरः डब्लुएचओ
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार विज्ञप्ति जारी गर्दै इबोलाको आशंका भएका मुलुकमा भ्रमण नगर्न र शंकास्पद लक्षण देखिए तत्काल उपचार गराउन आग्रह गरेको छ।
डब्लुएचओको दक्षिणपूर्वी एसिया निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले विज्ञाप्तिमार्फत् यो क्षेत्रका ११ देशमा हालसम्म भाइरस नदेखिए पनि यसविरुद्ध आवश्यक तयारी गर्नुपर्ने बेला भएको बताएकी छन्।
संगठनले हालसम्म पत्ता लागेका रोगमध्ये यो संक्रमणमा सबैभन्दा बढी मृत्युदर रहेकोसमेत उल्लेख गरेको छ। सिंहले अफ्रिकाबाहिर रोग फैलिने खतरा अहिलेसम्म कम भए पनि पूर्व पहिचान, उपयुक्त व्यवस्थापन र तीव्र संक्रमण रोक्न हरेक देशले राष्ट्रिय क्षमता अभिवृद्धि गर्नुपर्ने बताएकी छन्। 'यस्तो अवस्थामा गम्भीर अनुगमन, संक्रमण नियन्त्रण र समुदायको परिचालन आवश्यक छ,' विज्ञाप्तिमा उल्लेख छ।
डब्लुएचओले प्रत्यक्ष सम्पर्कमा नरहेसम्म इबोला सर्ने सम्भावना नरहेको भन्दै पर्यटकलाई सर्ने सम्भावना कम रहेकोसमेत जनाएको छ। रोग नियन्त्रण गर्न पश्चिम अफ्रिकामा डब्लुएचओका सयभन्दा बढी कार्यकर्ता खटिएका छन्।