रौतहट - रौतहटको मर्यादापुर गाउँ विकास समिति वडा नम्बर ९ चिर्चरिया टोलमा मंगलबार राती दलित बस्तीमा आगलागी हुँदा दुई घर जलेर खरानी भएको छ। आगलागीमा परी ८ चौपाया जल्नुका साथै चार लाख मुल्य वरावरको क्षति भएको छ।स्थानीय परशुराम महराले चमारले लामखुटे धपाउन गोठमा बालेको घुरबाट राति १ बजेको समयमा सल्केको आगोले छिमेकी नन्दु महराको घरमा समेत आगलागी भएर खरानी भएपछि दुवैजनालाइ घरवारविहीन बनाएको स्थानीयले बताए।
मध्यरातमा घरमा भएको आगलागीमा परेर परशुरामको लैना भैसीको पाडा, तीनवटा बाख्रा र नन्दुको दुईवटा बाख्रा दुईवटा खसी सहित भकारीमा रहेको २५ मन धान तथा लता कपडा गरगहना समेत जलेर खरानी भएको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ
स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले करीब एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए। आगलागीबारे गाउँलेले समयमै जानकारी गराएकाले सुरक्षाकर्मी गाउँमा पुगी आगो नियन्त्रणमा लिएकाले मानवीय क्षति हुन नपाएको प्रहरी नायव उपरीक्षक भीमप्रसाद ढकालले बताए।