चुलाचुली - रोजगारीका लागि युवा विदेशिनु अचेल नौलो विषय होइन। हिमाल, पहाड र तराईबाटै अवसरको खोजीमा युवा विदेशिनेक्रम जारी छ। तर, दक्षिणी इलामको एउटै गाउँ, चुलाचुलीबाट पाँच हजार हाराहारी युवा विदेशिएका छन्। विदेशिनेको यो संख्या कुनै गाविसको पुरै जनसंख्या जत्तिकै हो भने चुलाचुलीको जनसंख्याको ८ प्रतिशत हो।
चुरेको फेदीमा अवस्थित चुलाचुली झापासँग जोडिएको गाविस हो। यो जिल्लाका अरु ४४ गाविस र दुई नगरपालिकाभन्दा धेरै जनसंख्या भएको गाविस हो। पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमक–झिलझिले खण्डको उत्तरमा पर्ने चुलाचुलीको करिव ४० हजार जनसंख्यामध्ये पाँच हजार रोजगारीका सिलसिलामा खाडी तथा अन्य मुलुक छन्।
'आम्दानीका भरपर्दा स्रोतको कमीले चुलाचुलीका युवा वैदेशिक रोजगारीमा जान रुचाउँछन्,' स्थानीय अगुवा गणेश फागोले नागरिकसित भने, 'धानखेतीबाहेक पहाडमा जस्तो बालीनाली नहुनाले पनि फुर्सद पाउने युवा विदेशिने गरेका हुन्।' तराईमा पर्ने चुलाचुलीमा इलामको माथिल्लो भेगमा जस्तो पर्याप्त नगदेवाली र दूध उत्पादन हुँदैन।
डेढ दशकदेखि गाविस कार्यालयमा कार्यरत बेनुप्रसाद रिजाल, जनसंख्याको चाप अत्यधि हुनु, पढेलेखे पनि सजिलै जागिर नपाउनु र पैसा कमाउने माध्यम अरु नहुनुले चुलाचुलीका युवा वैदेशिक रोजगारीमा जाने गरेको बताउँछन्। 'एउटै घरबाट तीनजनासम्म विदेशिएका छन्,' रिजालले सुनाए, 'केही घरबाट त श्रीमान्–श्रीमति नै विदेशिएको पाइन्छ।'
कार्यालयको झ्यालमा उभिएर रिजालले वरपर देखिएका घरतिर औंला सोझ्याउँदै 'त्यो घरबाट साउदी अरब, पल्लो घरबाट मलेसिया, माथिल्लोबाट दुबई, तल्लोबाट कतार...' भनिरहँदा गाविसकी सामाजिक परिचालक आइत केरुङ आइपुगिन्। चुलाचुलीकै वासिन्दा केरुङको झापा दूधेका युवा कमल बस्नेतसँग अन्तर्जातिय विवाह भएको रहेछ।
'मेरो श्रीमान् पनि वैदेशिक रोजगारीमै जानुभा'छ,' आइतले सुनाइन्, 'यहाँ त पैसा कमाउन विदेश जाने लहरै चलेको छ।' केरुङका अनुसार, चुलाचुलीका १ देखि ९ वटै वडाबाट विदेशिनेक्रम जारी छ। पहिले पहिले पुरुषमा सीमित वैदेशिक रोजगारीमा जानेक्रम अचेल महिलामा सरेको र गाउँका धेरैजना कुबेत, लेबनान, बहराइन, इजरायल पुगेको उनले बताइन्।
राहदानी बनाएकाको विवरणका आधारमा चुलाचुलीका पाँच हजार युवा विदेशिएको दावी गर्दै गाविस सचिव रमेश कोइरालाले त्यो बढ्दोक्रममा रहेको बताए। 'अझै पनि दैनिक एक/दुई जना राहदानीको सिफारिस लिन कार्यालयमा आएकै हुन्छन्,' तीन महिनादेखि चुलाचुली आएका कोइरालाले भने, 'राहदानी बनाएकाहरु ढिलो छिटो विदेशिएकै छन्।'
इलामबाट विदेश जानेमा चुलाचुलीवासीकै संख्या उच्च रहेको जिल्ला प्रशासन कार्यालयको राहदानी फाँटले जनाएको छ। 'राहदानी बनाउन आउनेमा सबैभन्दा धेरै चुलाचुलीकै हुन्छन्,' त्यहाँ कार्यरत नासु विनोदबावु विसीले भने, 'एउटा घरको गएपछि अर्को पनि जानचाहने र नगदेवाली उत्पादन कमी हुने कारणले त्यहाँका युवा विदेशिने गर्छन्।'
द्वन्द्वकालदेखि विदेश जानेक्रम बढेको जनाउँदै पूर्वगाविस अध्यक्ष ओमनारायण खनालले नगदआर्जन गर्न चाहने युवालाई यो भरपर्दो माध्यम बनेको बताए। 'पहिले द्वन्द्वबाट ज्यान बचाउन विदेशिएकाले राम्रै पैसा कमाएपछि अरुसमेत आकर्षित भएका हुन्,' खनाल भन्छन्, 'अचेल पहिले गएकाको सम्पर्कबाटै र ऋण खोजेर पनि विदेश जानेहरु थुप्रै छन्।'
विदेशमा कमाएको पैसाले चुलाचुलीका थुपै्र युवा जग्गा जोड्न सफल भएका छन्। कतिपयले तुलनात्मक रुपमा सस्तो पर्ने हुँदा चुलाचुलीमै र धेरै कमाउनेले झापाका शहरी क्षेत्रनजिक जग्गा किन्न सफल भएको उनी बताउँछन्। एकपल्टको कमाईले घडेरी जोड्ने कतिपय युवाहरु अर्कोपल्ट गएर फर्किंदा घरै बनाउनसक्ने हैसियतका हुने गरेका छन्।
रोजगारीका लागि विदेश जानचाहने युवाले अचेल म्यानपावर खोज्न राजधानी धाइराख्नुपर्दैन। दमक, इटहरी, बिर्तामोडतिरै छ्यापछ्याप्ती म्यानपावर खुलेका छन्। तिनका एजेन्ट स्वयं गाउँ पुग्छन् र युवालाई विदेशिन हौस्याउँछन्। राम्ररी नबुझी हतारमा जाने कतिपय युवा कमाइ नभएर फसेकासमेत छन्। तुलनात्मक रुपमा कमाउनेकै संख्या धेरै छ।
'वैदेशिक रोजगार चुलाचुलीवासीलाई फापेकै छ, पहिले दुई छाक खान मुस्किल पर्ने परिवारले पनि प्रगति गरेका छन्,' स्थानीय अगुवा खगप्रसाद शर्मा भन्छन्, 'गाउँमा बेरोजगार भई हल्लिएर हिँड्नुभन्दा दुई/चार बर्ष विदेशिँदा पैसा पनि ल्याउँछन्, अनुभवसमेत बटुल्छन्।' चुलाचुलीमा वैदेशिक रोजगारले जग्गाको भाउसमेत बढ्न पुगेको शर्माको अनुभव छ।