सिन्धुली— मंगलबार रातीदेखि परेको अविरल बर्षाका कारण सिन्धुलीको निर्माणधिन वीपी राजमार्ग सहित ग्रामीण क्षेत्रका सडकमा सवारी आवाजतजावत गर्न कठिनाई भएको छ। वर्षाका कारण निर्माणाधीन वीपी राजमार्गको ट्र्याक हिलाम्मे भएपछि ठाँउठाँउमा गाडी फसेर बाटो अवरुद्ध भएको हो।
बाटो अवरुद्ध हुँदा सिन्धुली, रामेछाप, काठमाडौं लगायत मध्येपहाडी राजमार्गबाट आवातजावत गर्ने यात्रुहरु दिनभर अलपत्र परेका छन्। इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार राजमार्गको ट्र्याक सडक अन्तर्गत सिन्धुलीको भिमेश्वर र सित्तलपार्टी गाविसकोबीचमा पर्ने ट्र्याकमा गाडी फसेपछि सिन्धुलीमा आयोजित एक कार्यक्रममा आएका पत्रकार महाँसंघका महासचिव उजिर मगर र फोनिजका अध्यक्ष डण्ड गुरुङ समेत बाटैमा रोकिएका छन्।
सदरमुकाम सिन्धुलीमाढीमा फोनिज जिल्ला शाखाले तामझामका साथ कार्यक्रमको आयोजना गर्यो तर कार्यक्रममा अभिनन्दन हुने व्यक्तिहरु सडक अवरुद्ध भई बाटैमा रोकिएपछि कार्यक्रम समेत विहिबारका लागि सरेको आयोजकले जानकारी दिएका छन्। वीपी राजमार्गको ठाँउठाँउमा यसरी हुने जाम हटाउन ट्राफिक प्रहरीको व्यवस्था नहुँदा सानो समस्याबाट भएको जाम समेत दिनभर खुल्ने गरेको छैन।
मंगलबार रातीदेखि सुरु भएको बर्षा बिहीबारसम्म पनि नरोकिएपछि जिल्लाका विभिन्न स्थानमा सवारी आवातजावत ठप्प भएको छ। सिन्धुलीको खुर्कोटमा पुल निर्माण सम्पन्न भएपछि रामेछापका गाडी समेत सिधै काठमाडौं लागि छुट्न थालेका छन्। रामेछापतिरबाट आएका गाडी चालकहरुलाई वीपी राजमार्गको ट्र्याक बारे पूर्ण जानकारी नहुँदा जवर्जस्ती लाने गरेकाले गाडी फस्ने समस्या आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख डिएसपी नरेन्द्रप्रसाद उप्रेतीले बताए।
अविरल बर्षाका कारण ग्रामीण क्षेत्रमा चल्दै आएका सवारीसाधन बुधबार ठप्प भएका छन्।