नेपालको प्रमुख शक्तिपीठमध्ये धरान १४ स्थित दन्तकाली मन्दिरमा पनि फूलपाती भित्र्याइएको छ।
आज दिउँसो साइत अनुसार हर्षबढाईकासाथ फूलपाती भित्र्याइएको हो। दन्तकालीबाट गाजाबाजासहित गएको टोलीले पिण्डेश्वर मन्दिर क्षेत्रबाट डोलीसहित फूलपाती ल्याएर दन्तकाली मन्दिरमा विधिपूर्वक भित्र्याएको हो।
मन्दिरका मुल पुजारी विश्वराज खनालका अनुसार बिहानै ३ जना पुजारी गएर नौ किसिमका फूल र पाती संकलन गरि राखेका हुन्छन्। ती फूल र पातीलाई विधिपूर्वक डोलीमा राखेर दन्तकाली मन्दिरमा भित्र्याइन्छ। त्यसैलाई नै फूलपाती भित्र्याउने भनिन्छ।
फूलपाती भित्र्याउँदा घर घरबाट स्थानीयहरुले फूलपाती चढाउने गरेका छन्। गत वर्ष भने कोरोना संक्रमणको कारण वृहतरुपमा फूलपाती भित्र्याउने कार्य प्रभावित भएको थियो। यसपाली कोरोना संक्रमणको दर न्युन हुँदै गएपछि बाजासहित गएर भित्र्याइएको हो। फूलपाती भित्र्याउन धरानका मेयर तिलक राईसहित जनप्रतिनिधिहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको पनि सहभागिता रहेको थियो।
तीन जना पुजारीले खोजेको बेल, धान, केरा, दारिम, अशोकलगायत नौ किसिमका वनस्पति(फूलपाती)लाई डोलीमा राखेर दन्तकाली मन्दिरमा भित्र्याइएको छ। मन्दिरमा भित्र्याइसकेपछि पूजा गरिने र दशमीको दिन अपराजिताको पूजा सकेपछि विर्सजन गरिने मुल पुजारी खनालले जानकारी दिए। ‘फूलपातीलाई मन्दिरभित्र प्रवेश गराइसके पछि पूजा हुन्छ, र दशमीको दिन अपराजिताको पूजा गरिसकेपछि विर्सजन गरिन्छ, र मात्र ढोका खोलिन्छ,’उनले भने।
वडा दशैंको नवरात्र शुरु भएपछि दन्तकाली शक्तिपीठको ढोका बन्द हुन्छ। यहाँ पुजारीले मात्र मन्दिरको मुलढोकाभित्र प्रवेश गरेर बिशेष पूजा गर्ने चलन छ। दशमीको दिन फूलपाती विर्सजन गरेपछि मात्र सर्वसाधारणको लागि दन्तकालीको ढोका खोलिन्छ। दन्तकाली नेपालमा रहेका महत्वपूर्ण शक्तिपीठहरुमध्ये एक हो।
महादेवकी पत्नी सतीदेवीको दाँत यहाँ झरेको हुनाले दन्तकाली मन्दिर स्थापना भएको जनविश्वास रहेको छ।