इपिएस भाषा परीक्षा : सास्ती खेप्दै, फारम बुझाउँदै (फोटोफिचर)
२८ साउन २०७१
•
५ मिनेट पाठ
इपिएस भाषा परीक्षा : सास्ती खेप्दै, फारम बुझाउँदै (फोटोफिचर)
काठमाडौं- कोरिया जाने भाषा परीक्षाको फारम बुझाउन लाइन लागेका युवाहरु फारम बुझाउने प्रक्रिया व्यवस्थित नहुँदा सास्ती बेहोरेका छन्। रोजगार अनुमति प्रणाली इपिएसअन्तर्गतको भाषा परीक्षाको फारम बुधबारदेखि खुलेको हो। तर फारम संकलन केन्द्रहरुमा युवाहरु मंगलबार रातिदेखि नै लाइन लागेका थिए।
ललितपुरको च्यासलस्थित खेल मैदानमा रहेको फारम संकलन केन्द्रमा लागेको भिड व्यवस्थित गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो। लामोलाइन बस्दा केही युवा बेहोससमेत भए। काठमाडौँमा फारम लिन तोकिएका तीन केन्द्र च्यासल, ल्याबरोटरी स्कुल कीर्तिपुर र एक्मी इन्जिनियरिङ कलेज सीतापाइलामा युवाहरुले बिहानैदेखि परिरहेको पानीमा भिजेरै फारम बुझाएका छन्।

काठमाडौँबाहिर पोखराको विन्द्यवासिनी उच्च मावि, धरानमा वडा नम्बर ८ स्थित सभागृह, बुटवलको प्रदर्शनीमण्डप र डडेल्धुराको कर्मचारी मिलन केन्द्रमा पनि भाषा परीक्षाका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। इपिएसअन्तर्गत नेपाली कामदार लिन दक्षिण कोरियाले भाषा परीक्षा सञ्चालन गर्न लागेको यो पाँचौंपटक हो। भाषा परीक्षाका लागि ३१ गतेसम्म आवेदन दिन सकिनेछ। परीक्षा असोज १० र ११ गते हुने वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले जनाएको छ। परीक्षा एक दिनमा २ सिफ्टमा हुने शाखाले जनाएको छ। भाषा परीक्षाको नतिजा २९ असोजमा प्रकाशित गर्ने शाखाले जनाएको छ। पास भएको दुई वर्षसम्म इपिएसका लागि समयावधि रहन्छ।

इच्छुक उम्मेदवारले उत्पादनमुलक र कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिन सक्नेछन्। जुन क्षेत्रका लागि परीक्षा आवेदन भरेको हो भाषा परीक्षा उतीर्ण भएपछि पनि सोही क्षेत्रमा मात्र रोजगार आवेदन फारम भर्नुपर्ने शाखाले जनाएको छ। एक व्यक्तिले दुवै क्षेत्रमा आवेदन फारम भर्न पाउँदैनन्। भाषा परीक्षामा उच्च अंक ल्याउने परीक्षार्थीहरुले सीप परीक्षामा समेत सहभागी हुन सक्नेछन्। सीप परीक्षामा उत्कृष्ट अंक ल्याउने परीक्षार्थीहरुलाई प्राथमिकताका साथ रोजगारी दिन रोजगारदाता कम्पनीलाई सिफारिश गरिने शाखाले जनाएको छ।

इपिएसमार्फत् कोरिया जान कोरियन भाषाको परीक्षा अनिवार्य पास गर्नुपर्छ। कोरिया पुग्नेबित्तिकै एक लाख रुपैयाँ मासिक कमाइ हुने भएकाले युवामा कोरिया 'क्रेज' बढी नै देखिएको छ। शाखाका अनुसार कोरिया जान करिब ८० हजार रुपैयाँ खर्च हुन्छ। दक्षिण कोरियाको हावापानी पनि नेपालको जस्तै छ। यसो हुँदा त्यहाँ काम गर्न अन्यत्र जस्तो गाह्रो हुँदैन। लाखौं नेपालीले काम गरिरहेको खाडी मुलुकमा जस्तो त्यहाँ चर्को घाम वा सहनै नसकिने जाडोमा काम गर्नु पर्दैन।

दक्षिण कोरियाले सर्वप्रथम सन् २००८ मा इपिएसमार्फत नेपाली कामदारलाई कोरिया लगेको थियो। कोरियामा २००८, २०१०, २०११ र २०१३ को इपिएस परिक्षा दिएर २२ हजारभन्दा बढी नेपाली काम गरिरहेका छन्। कोरियामा ४ वर्ष १० महिनासम्म बसेर काम गर्न पाउने नियम छ।

कोरियाली रोजगारदाताले रोजगार तथा श्रम मन्त्रालयले सिफारिस गरेकामध्येबाट आफूलाई उपयुक्त लागेका कामदार लैजाने गर्छन्। रोजगारदाताले कामदारको अनुभव, शैक्षिक योग्यता, शारीरिक क्षमताजस्ता पक्ष हेरेर छनोट गर्ने शाखाले जनाएको छ। कामको प्रकृति, रोजगारदाताको प्राथमिकताका कारण कोरियाले ५ प्रतिशत मात्र महिला कामदार लैजान्छ। तैपनि आवेदन बुझाउने भिडमा महिलाको संख्या उल्लेख्य देखिन्छ।

12

 

11

 

10

 

9

 

8

 

7

 

5

 

1

 

2

 

3

 

4

सबै तस्बिर : विजय राई




अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस