इबोला सन्त्रास : शंकास्पदलाई एयरपोर्टबाटै अस्पताल
२८ साउन २०७१
•
१० मिनेट पाठ
इबोला सन्त्रास : शंकास्पदलाई एयरपोर्टबाटै अस्पताल
काठमाडौं- सरकारले नेपालमा इबोला भित्रिन र फैलिन नदिन संक्रमण फैलिएका देशबाट आउने पर्यटक एवं स्वदेश फर्किनेलाई कम्तीमा तीन साता निगरानी राख्ने बुधबार औपचारिक निर्णय गरेको छ। इबोलाको संक्रमण फैलिएका देश भ्रमण नगर्नसमेत सरकारले आग्रह गरेको छ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी इबोला महामारी घोषणा गरेको ६ दिनपछि स्वास्थ्यमन्त्री खगराज अधिकारीको अध्यक्षता र मुख्यसचिव लीलामणि पौडेलेको उपस्थितिमा बसेको उच्चस्तरीय बैठकले यस्तो निर्णय लिएको हो। 
नेपालमा इबोला भाइरस देखिइनसके पनि थुपै नेपाली ती देशमा कार्यरत रहेको र भारतसँग खुला सिमाना रहेकाले पनि रोग भित्रिन सक्ने उच्च जोखिम रहेको निष्कर्षपछि सरकारले बहुनिकायको समन्वयमा रोकथामका विभिन्न रणनीति तय गरेको हो।
उच्चस्तरीय बैठकमा स्वास्थ्य मन्त्रालयका विभिन्न निकायका प्रमुखसहित प्रधानमन्त्री कार्यालय, अर्थ, गृह, रक्षा, परराष्ट्र, संस्कृति तथा पर्यटन, कृषि, आपूर्ति, पशु स्वास्थ्य निर्देशनालय, अध्यागमन विभाग, एयरपोर्टका सहसचिवस्तरका अधिकारी थिए। रोग नियन्त्रणका लागि गर्नुपर्ने तयारी र ती मन्त्रालयतर्फबाट भनाइ सुनिसकेपछि मुख्यसचिव पौडेलले एकसाताभित्र तोकिएका निकायले सम्पूर्ण तयारी पूरा गरी त्यसको जानकारी गराउन निर्देशन दिए।
स्वास्थ्यका निमित्त सचिव डा. तीर्थराज बुर्लाकोटीले सुरुमा स्वास्थ्यले बिहीबारैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थडेक्स राखेर ती देशबाट नेपाल भित्रिनेको स्वास्थ्य जाँच एवं निगरानी सुरु गर्ने जानकारी दिए। 
त्यसमा सुरक्षा निकाय र अन्य मन्त्रालयले सघाउने निर्णय बैठकले गरेको उनले जानकारी दिए। बैठकले भारत र चीनसँगका आठवटै नाकामा उच्च सतर्कता अपनाउने र ती देशबाट कुनै पर्यटक भित्रिएको अवस्थामा स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गरेर स्वास्थ्य जाँच एवं निगरानी बढाउने निर्णय पनि गरेको छ।
बैठकस्रोतका अनुसार विश्व स्वास्थ्य संगठनका प्राविधिक प्रतिनिधिको सहयोग लिएर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रतिनिधि रहेको संयन्त्र बनाइनेछ। संयन्त्रले यी विभिन्न निकायले रोग रोकथामका लागि गर्नुपर्ने जिम्मेवारीको प्रतिवेदन प्रधानमन्त्री, मुख्यसचिव र स्वास्थ्य मन्त्रालयमा बुझाउनेछ। सो आधारमा एक साताभित्रै बाँकी काम सुरु गरिसक्न मुख्यसचिव पौडेलले निर्देशन दिए।
बैठकले तत्कालका लागि स्वास्थ्यले स्वास्थ्य जाँच र निगरानी बढाउने एवं अध्यागमन र सुरक्षा निकायले जोखिमयुक्त देश जाने र आउनेलाई हेल्थडेक्समा जानैपर्ने अनिवार्य व्यवस्था कार्यान्वनमा सघाउनेछन्। हेल्थडेक्समा नेपाल पश्चिमी तीन सातायता अफ्रिकाको भ्रमण गरेकाको प्रारम्भिक स्वास्थ्य स्वास्थ्य जाँच गर्नेछ।
विमानस्थल र नाकामा स्वास्थ्य जाँचका लागि खटिने टोलीलाई विशेष सुरक्षा उपाय अपनाउनुपर्छ। यसमा टाउकोदेखि खुट्टासम्म ढाक्ने कपडा, मास्क, ग्लोब्सलगायत पर्छन्। सोधपुछका आधारमा तीन सातायता अफ्रिका भ्रमण गरेको, आँखा रातो हुने, रुघाखोकी, ज्वरो, झाडापखालाजस्ता कुनै लक्षण देखिए तत्काल तोकिएको अस्पताल भर्ना गरिन्छ। अफ्रिकाबाट फर्किएका र हेल्थडेक्स पुगेकाहरुलाई तीन साताका बीच रोगसँग मिल्ने हल्का लक्षण मात्र देखिए तुरुन्तै तोकिएका अस्पतालमा सम्पर्क राख्न आग्रह गरिनेछ।
भाइरस शरीरमा प्रवेश गरे पनि लक्षण देखिने अवधि (इक्युभेसन पिरियड) तीन साताको हुने भएकाले ती आगन्तुकको गन्तव्य ठेगानासमेत राखिनेछ। यसरी नेपाल फर्किएकालाई तीन सातासम्म स्थानीय स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाको प्रतिनिधिले निगरानी गरी शंकास्पद लक्षण देखिनासाथ वीर वा शुक्रराज ट्रपिकल अस्पताल टेकु रेफर गर्नेछन्। 
९० प्रतिशतसम्म मृत्युदर भएको इबोला संक्रमण भइसकेको अवस्थामा उपचार र अन्यलाई संक्रमणबाट जोगाउन पनि 'सुपरस्पेसियालिस्ट' चिकित्सकसहित आइसियु र भेन्टिलेटरसहितको पूर्वाधार, औषधि र उपकरण आवश्यक पर्छ। तोकिएका मध्ये टेकुमा आइसोलेसन वार्ड भए पनि आइसियु र भेन्टिलेटर छैन। अन्य प्राविधिक तयारी गरेर हेल्थडेक्स नै राख्न केही दिन लाग्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। 
संक्रमण फैलिएका देशबाट नेपाल फर्किने सेना वा प्रहरीको हकमा भने सम्बन्धित अस्पताल क्रमशः वीरेन्द्र सैनिक र नेपाल प्रहरी अस्पतालका चिकित्सकले नै निगरानी राख्नेछन्। तोकिएका अस्पतालमा बिरामी भर्नाका लागि आइसियु भेन्टिलेटरसहितको आइसोलेसन वार्डको व्यवस्थासमेत एक साताभित्रै गरिने डा. बुर्लाकोटीले जानकारी दिए।
त्यसबाहेक बैठकले एयरपोर्टको हेल्थडेक्समा स्वास्थ्य जाँचका लागि आवश्यक परीक्षण किटका लागि डब्लुएचओलाई आग्रह गर्ने निर्णय लिएको छ। बैठकले पश्चिम अफ्रिकाको भ्रमण नगर्न र तीमध्ये लाइबेरिया, नाइजेरियाजस्ता पश्चिम अफ्रिकी मुलुकको भ्रमणमा रोक नै लगाउन स्वास्थ्यले परराष्ट्रलाई आग्रह गर्ने निर्णय पनि लिएको छ।
अफ्रिकामा रोग फैलाइरहेका प्रजातिका भाइरस नेपालका जंगली जनावरहरुमा भए–नभएको समेत जाँच गरिने भएको छ। नेपालका जंगलका बाँदर, हरिण र चमेरोका नमुना संकलन गरी पश्चिम अफ्रिकामा रोग फैलाइरहेका यी प्रजाति र यहाँका जनावरमा भएका भाइरस प्रजाति तुलनात्मक अध्ययनसमेत पशु स्वास्थ्य निर्देशनालय गर्नेछ। ती प्रजातिका भाइरस नेपालमा भेटिए रोग भित्रिएको अवस्थामा फैलिनसक्ने जोखिम अझै बढी हुन्छ। स्वास्थ्यले गृहसँगको समन्वयमा ७५ जिल्लाका जनस्वास्थ्य कार्यालयमार्फत रोगविरुद्ध बिहीबारैदेखि बृहत जनचेतनामूलक कार्यक्रम चलाउन र तयारी अवस्थामा रहनसमेत निर्देशन दिएको स्वास्थ्यमन्त्री अधिकारीले बताए। सरकारले आपूर्ति मन्त्रालयलाई पनि संक्रमित मुलुकबाट मासुजन्य पदार्थ आपूर्ति रोक्न पत्राचार गरिसकेको छ। यसअघि, मंगलबार पनि प्रधानमन्त्री कार्यालयमा बसेको गृह, पर्यटन र स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको बैठकले रोग नियन्त्रणका लागि हेल्थडेक्स राख्ने निर्णय गरेको थियो। बैठकमा सहभागी सेना तथा प्रहरीका प्रतिनिधिले शान्ति मिसनअन्तर्गत खटिएका नेपालीको स्वास्थ्य जाँच एवं सावधानी युनएनले नै गरिरहेको भन्दै हालसम्म कुनै संक्रमण नभएको जानकारी गराएका थिए।
नेपालले विश्वका १३ देशमा युएन शान्ति मिसन खटाउने गरेकामा आठवटा मिसन अफ्रिकी देशमै छन्। कुल ४ हजार ३ सय ५० सैनिक शान्ति सेनामा कार्यरत रहेकामा ३ हजार ३ सय १९ जना विभिन्न अफ्रिकी मिसनमा छन्।


अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस