कपिलवस्तुमा झाडापखालाबाट एक जनाको मृत्यु
२७ असोज २०७८
•
१ मिनेट पाठ
कपिलवस्तुमा झाडापखालाबाट एक जनाको मृत्यु
कपिलवस्तुको सिमावर्ती यशोधरा गाउँपालिका–८ स्थित खोरिया गाउँमा फैलिएको झाडापखालको प्रकोपबाट एक जनाको मृत्यु भएको छ। बैदौली आधारभुत अस्पतालमा उपचारत ५६ वर्षीय शंकर गडरियाको झाडापखालाबाट मृत्यु भएको हो।




गाउँपालिकाका स्वास्थ्य संयोजक बिरेन्द्रकुमार मिश्राका अनुसार खोरिया स्थित आफ्नो घरमा झाडापखालाबाट ग्रसित भएपछि छिमेकीहरुले गडरियालाई अस्पतालमा उपचार गराउन ल्याएका थिए। उनको अवस्था नाजुक भएपछि रिफर गरिएको थियो। थप उपचारका लागि अन्य अस्पतालमा लैजाने उनको आफन्त कोही नभएपछि गडरियाको अस्पताल मै मृत्यु भएको संयोजक मिश्राले बताए।

गत असोज २० गतेदेखि नै खोरिया गाउँमा झाडापखालको प्रकोप फैलिएको उप स्वास्थ्य चौकी शिहोखोरका प्रमुख केशव घिमिरेले बताए। बुधबार साँझसम्म खोरिया र बैदौली गरी १ सय ४४ जना ग्रसित भएका छन्। त्यसमध्ये १४ जना अस्पतालमा उपचारत छन्। यस्तै, ३४ जना घर मै उपचारत छन् भने ९५ जना निको भई घर फर्किसकेका छन्।  

संयोजक मिश्राले दूषित पानी खाएर झाडापखाला फैलिएको हुन सक्ने बताए। बिरामीहरुको उपचारसहित खोरिया गाउँमा सचेतनामुलक माईकिङ समेत गरिएको उनले बताए। उता दुई साताअघि कृष्णनगरमा फैलिएको झाडापखालाबाट ३ जनाको मृत्यु भएको थियो भने ७ सय २७ जना बिरामी परेका छन्।
अर्को समाचार
झाडापखालाबाट कपिलवस्तुमा दुईजनाको मृत्यु
१९ असोज २०७८
•
१ मिनेट पाठ
झाडापखालाबाट कपिलवस्तुमा दुईजनाको मृत्यु
कपिलवस्तुको कृष्णगनर नगरपालिकामा फैलिएको झाडापखालाको प्रकोपबाट २ जनाको मृत्यु भएको छ। झाडापखालाबाट वडा नंम्बर. ९ वहादुरगन्जमा २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा वर्ष ५ का राज कश्यप र वर्ष ४० का रामप्रसाद केवट रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताए। 




बालक कश्यपको स्थानीय निजी क्लिनिकमा उपचार गर्नेक्रममा र केवटको घरमै मृत्यु भएको पाण्डेयले बताए। नगरपालिकाको वडा नं. ५, ७, ८ र ९ वडामा आइतबार रातिदेखि प्रकोप फैलिएको उनले बताए। वडा भरि प्रकोप फैलिएपछि शिवराज अस्पताल, निजी क्लिनिक र स्वास्थ्य चौकीमा बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेशचद्र घिमिरेले बताए। 

बहादुरगंज अस्पतालमा सय बढीले उपचार गराईरहेका छन्। २० जना सिकिस्त बिरामीलाई थप उपचारका लागि बुटवल र तौलिहवा अस्पताल पठाइएको घिमिरेले बताए। समुदायमा रहेका बिरामीको संख्या एकीन हुन सकेको छैन। नगरपालिका वडा नं. ९ का अध्यक्ष राम मिलन कुर्मीले समुदायमा प्रभावित हुनेको पहिचान गरी उपचारको तयारी सुरु भएको बताए। 

प्रकोप रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालयको टोली मंगलबार बिहानै बहादुरगंज पुगेकाे तथा प्रदेशबाट उपचार टोली समेत त्यहाँ पुगेका छन्। साँझसम्म पनि झाडापखालाका बिरामीहरु अस्पतालमा आईरहेको स्थानीय मनिष गुप्ताले बताए।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस