धनकुटा - अविरल बर्षातको कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्ग अवरुद्ध भएको छ। गएको बर्ष बाढीले बगाएको सडकमा बनाइएको अस्थायी डाईभर्सनलाई बुधबार राती भत्काएपछि सडक अवरुद्ध भएको हो।बाढी छेक्नको लागि बनाइएको करिब दुईसय मिटर लामो बाँध भत्किएको छ। सडक अवरुद्ध भएपछि कोशी पहाडका धनकुटा भोजपुर तेह्रथुम र संखुवासभा जिल्लामा यातायात विच्छेद भएको छ।
गएराती ९ बजेतिर बाँध भत्काएर सडकमा बाढी पसेको मुलघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मीन खत्रीले बताए। गएको साल भदौ २१ गते पनि लेउतीखोलामा आएको बाढीले सडक बगाउँदा एक हप्ता सडक अवरुद्ध भएको थियो। बाढीले सडकमा गुडिरहेको मे१ज १५२३ नम्बरको पिकअप गाडीलाई पुरेको छ। उक्त पिकअप धनकुटाको हिलेबाट गोलभेडा बोकेर दमक जाँदै गरेको थियो। सडक अवरुद्ध भएपछि धनकुटाबाट झरेका गाडीहरु मुलघाटमा र धरानबाट पहाड हिडेका गाडी फेदीमा रोकिएका छन्। फेदी र मुलघाटबीचको करीब २ किलोमिटरमा यात्रुहरु पैदाल हिडिरहेका छन्।
अवरुद्ध सडक खुलाउनको लागि सडक डिभिजन कार्यालयले बिहीबार विहानै देखि काम थालेको छ। एउटा डोजरले पानीको धार परिवर्तन गराउने र दुई वटा डोजरले सडक निर्माण गर्ने प्रयास गरिरहेको छ। मौसमले साथ दियो भने बेलुकी सम्म सडक खुलाउने योजना रहेको सडक डिभिजन कार्यालयका निमित्त प्रमुख रत्नेश्वर यादवले बताए। पानी पर्ने क्रम नरोकिएकाले खोलामा अझै बाढी आउने खतरा रहेको छ। खोलामा ठुलो बाढी आए थप समस्या हुने उनले बताए।