हेटौँडा- हेटौँडा–कुलेखानी सडकखण्डको सिस्नेरीको महादेवडाँडामा पहिरो जाँदा आज दिउँसो १२ बजेदेखि हेटौँडा र काठमाडौँ दुवैतर्फको यातायात अवरुद्ध भएको छ।उक्त सडकमा हेटौँडा र काठमाडौँबाट छुटेका सुमो जिपका यात्रु अलपत्र परेका छन्।
तत्कालै उक्त पहिरो हटाउन सिस्नेरीबाट डोजर त्यसतर्फ पठाइसकेको सिस्नेरी प्रहरी चौकीले जनाएको छ। मौसम अनुकूल भएमा करिब तीन घण्टाभित्र यातायात सुचारु हुनेसक्ने बताइन्छ।
तत्कालै उक्त पहिरो हटाउन सिस्नेरीबाट डोजर त्यसतर्फ पठाइसकेको सिस्नेरी प्रहरी चौकीले जनाएको छ। मौसम अनुकूल भएमा करिब तीन घण्टाभित्र यातायात सुचारु हुनेसक्ने बताइन्छ।