काठमाडौं– सरकारले नेपाल प्रहरीका नौ डिआइजीलाई एआइजीमा बढुवा गरेको छ। बिहीबार राति मन्त्रिपरिषद बैठकले सचिवहरुको सरुवा, पदस्थापन र सहसचिवलाई कामु जिम्मेवारी तोक्ने निर्णयसमेत लिएको छ।
सञ्चारमन्त्री मीनेन्द्र रिजालका अनुसार बढुवा भएर एआइजी हुनेमा राजेन्द्रसिंह भण्डारी, सुरेन्द्र साह, विज्ञान शर्मा, वीरेन्द्रबाबु श्रेष्ठ, रमेशशेखर बज्राचार्य, प्रतापसिंह थापा, केदार साउद, गणेश राई र नारायण बस्ताकोटी छन्। प्रहरी नियमावलीअनुसार महानगरीय प्रहरी आयुक्तको कार्यालय, प्रहरी प्रशिक्षण प्रतिष्ठान र हेडक्वाटरमा रहेका ७ विभागमा मात्र एआइजी प्रमुख रहने प्रावधान छ। नियमावलीमा क्षेत्रीय प्रहरी कार्यालयको प्रमुखमा एआइजी हुनसक्ने प्रावधान राखे पनि डिआइजी प्रमुख छन्।
मन्त्रिपरिषद बैठकले बढुवा समितिको सिफारिसमा परेका ७ सँगै पुनरावलोकन समितिले नाम संशोधन गरी सच्याएको थप दुई जनालाई समेत समेटेर ९ जनाको बढुवा गरेको हो। बढुवा निर्णयमा पर्नेमध्ये भण्डारी, साह, शर्मा, श्रेष्ठ, थापा बढुवा समिति र पुनरावलोकन दुवै समितिको सिफारिसमा परेका थिए। बज्राचार्य र साउदलाई बढुवा समितिले सिफारिस गरेको थियो भने पुनरावलोकन समितिले उनीहरुको नाम हटाएर राई र बस्ताकोटीको नाम सिफारिस गरेको थियो।
नेपाल प्रहरीमा प्राविधिक सहित ८ पद छन्। मन्त्रीपरिषद् सिफारिस गरेका मध्ये कोही पनि प्राविधिक समूहका होइनन्। प्रहरी नियमावलीअनुसार प्रशासनिक समूहमा एआइजीको ७ पद मात्रै छ।
रिक्त पदपूर्तिका लागि बढुवा सिफारिस समिति र बढुवा पुनरावलोकन समितिबीचको विवादका कारण दुई महिनाअघि बढुवाको सिफारिस अलपत्र परेको थियो।
बढुवा सिफारिस गरेको तीन महिनाभित्र निर्णय गर्नुपर्ने कानुनी प्रावधानका कारण भदौ ३ भित्र निर्णय गर्नैपर्ने दबाब थियो।
बैठकले सचिवहरुको सरुवा, पदस्थापन र जिम्मेवारी तोक्ने निर्णयसमेत लिएको छ। बैठकले ९ सचिवको सरुवा, ६ सचिवको पदस्थापन र १० सहसचिवलाई कायममुकायम सचिव बनाउने निर्णय गरेको छ।
बैठकले सहसचिवहरु दिनेशकुमार थपलिया (पश्चिम क्षेत्रीय प्रशासन, पोखरा), टंकमणि शर्मा (सार्वजनिक खरिद कार्यालय), जीवनप्रभा लामा (सूचना आयोग), अन्नपूर्ण दास (पूर्वाञ्चल क्षेप्र) प्रेमकुमार राई (अख्तियार), सुनिलबहादुर मल्ल (सूचना आयोग), विजयकुमार मल्लिक (क्षेप्र सुर्खेत), ईश्वरीप्रसाद पौडेल (जल तथा ऊर्जा आयोग), रमेशकुमार शर्मा (राष्ट्रिय सतर्कता केन्द्र) र खुमराज पुञ्जाली (शान्ति तथा पुनर्निर्माण) लाई कामु सचिवमा बढुवा गरेेको छ। त्यसैगरी, विष्णु लम्साल लोकसेवा आयोग, सुमन शर्मा अर्थ मन्त्रालय र सोमलाल सुवेदी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा भएका छन्। यसैगरी, धनबहादुर तामाङ महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, उत्तमकुमार भट्टराई उद्योग, शान्तबहादुर श्रेष्ठ स्वास्थ्य मन्त्रालय र अर्जनु कार्की सहरी विकास मन्त्रालय सरुवा भएका छन्। श्रीरञ्जन लाकौल प्रधानमन्त्री कार्यालय, सुरेशमान श्रेष्ठ पर्यटन मन्त्रालय सरुवा भएका छन्।
प्रधानमन्त्री र सबै मन्त्रीहरुको १५ दिनको तलब प्रधानमन्त्री राहत कोषलाई दिने निर्णयसमेत भएको छ।
वैकल्पिक ऊर्जा केन्द्र, राष्ट्रिय सहकारी विकास बोर्ड, खानेपानी संस्थानलगायत स्थानमा पनि नियुक्ति निर्णय भएको मन्त्री रिजालले जानकारी दिए।