इबोला सन्त्रास : हेल्थ डेस्कमा सेन्सर क्यामेरा र रेजर गन
२९ साउन २०७१
•
४ मिनेट पाठ
इबोला सन्त्रास : हेल्थ डेस्कमा सेन्सर क्यामेरा र रेजर गन
काठमाडौं- स्वास्थ्य मन्त्रालयले इबोला संक्रमित देशबाट नेपाल आउनेलाई स्वास्थ्य जाँचका लागि विशेष उपकरण 'फर्मल सेन्सर क्यामेरा' र टाढाबाटै स्वास्थ्य जाँचका लागि प्रयोग गरिने उपकरण 'रेजर गन' प्रयोगमा ल्याउने भएको छ।नछोइकन शरीरको तापक्रमलगायत अवस्था थाहा पाउन यी उपकरण जडान गर्न लागिएको हो। अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार दिउँसो २ देखि सञ्चालनमा ल्याइने 'हेल्थ डेस्क' मा खटिने चिकित्सक एवं स्वास्थ्यकर्मीलाई रोग सर्ने जोखिमबाट जोगाउन यस्तो उपकरण प्रयोग गर्न लागेको हो। 
यस्तो सेन्सर क्यामेरालाई कम्युटरमा जडान गरिएपछि क्यामेराको क्याटमेन्ट एरियाभित्र हिँड्दै गरेको मानिसको शरीरको तापक्रम स्क्रिनमा देखिन्छ। त्यसैगरी रेजर गनले पनि मानिसलाई नछोई तीन फिट टाढाबाट तापक्रम लिन सकिन्छ। 'गनकै आकारको यो उपकरणलाई मष्तिस्कसँग कन्चटमा छुवाएपछि तत्कालै तापक्रम देखिन्छ। सकेसम्म मानिसमा त्रास हुन्छ भनेर स्वास्थ्य अधिकारीहरुले 'गन' नगर्ने र सेन्टर क्यामेरा नै प्रयोग गर्ने निर्देशन स्वास्थ्यकर्मीलाई दिएका छन्। 'तर यकिन गर्नुपर्ने अवस्थामा शंकास्पद मानिसका हकमा दुवै उपकरण प्रयोग हुन्छ,' एक अधिकारीले भने। 
भाइरस संक्रमित मानिससँगको सम्पर्कबाट सर्ने इबोलाका कारण पश्चिम अफ्रिकामा ठूलो संख्यामा चिकित्सक, स्वास्थ्यकर्मी र नर्सकोसमेत ज्यान गएपछि नेपालमा यस्तो उपकरण राख्न लागिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.बाबुराम मरासिनीले जानकारी दिए। 'पहिला स्त्रि्कनिङ र उपचारमा संलग्नलाई संक्रमणबाट जोगाउन आवश्यक हुन्छ,' उनले भने। स्वास्थ्यकर्मी र चिकित्सकलाई सरे अन्यमा फैलने सम्भावनासमेत हुन्छ। 
बिहीबारबाटै विमानस्थलमा स्वास्थ्य डेस्क राख्ने तयारी भए पनि उपकरण जडानका लागि इन्जिनियरलगायत स्वास्थ्यकर्मीलाई ओरियन्टेसन दिन नभ्याएकाले सञ्चालन गर्न नसकिएको जानकारी दिए। डेस्कका लागि विमानस्थल प्रशासनले एउटा कोठासहित आवश्यक ठाउँ उपलब्ध गराइसकेको विमानस्थलका महाप्रबन्धक ऋषिकेश शर्माले जानकारी दिए।
'शुक्रबार स्वास्थ्यकर्मीलाई आवश्यक यन्त्र–उपकरण र ओरियन्टेसन दिएर डेस्क स्थापना गरिन्छ,' डा.मरासिनीले भने। हेल्थ डेस्क बिहान ५ बजेदेखि राति १२ बजेसम्म खुला राखिनेछ। विभागले त्यसका लागि आवश्यक फर्मसमेत बनाइसकेको छ। शंकास्द बिरामीलाई तोकिएका अस्पताल वीर वा टेकुमा पुर्यावएपछि जाँच गर्ने बिरामीले विशेष सुरक्षासहितको पूरै जिउ ढाकिने कपडा प्रयोग गर्नेछन् भने उपचारमा आइसोलेसन वार्ड प्रयोग गरिनेछ।
साताअघि शुक्रबार अफ्रिकामा फैलिएको इबोलालाई विश्वव्यापी महामारी घोषणा गरेपछि सरकरले रोग भित्रिन नदिन विमानस्थल र अन्य सीमा नाकामा समेत विशेष निगरानी बढाउनेछ।


अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस