काठमाडौं- नुवाकोटको फोहर ल्यान्डफिल साइट जाने सडक छ महिनामा स्तरोन्नति सक्न कार्यादेश दिएको सात महिना बितिसक्दा पनि कामले गति पाउन सकेको छैन। काठमाडौं महानगरपालिकाले कारबाहीको चासो नदिँदा र निर्माण कम्पनीको ढिलाइले काम प्रभावित भएको हो।महानगरले १२ करोड ४ लाख रुपैयाँमा ठेक्का दिए पनि हालसम्म ४ करोड रुपैयाँ रकम सकिइसकेको छ। रिटेनिङ पर्खाल, नाली, करिब २० मिटर ढलान र एउटा कल्भर्ट निर्माणसहित जम्मा ३० प्रतिशत काम सकिए पनि अरु केही काम हुन सकेको छैन। असार मसान्तमा काम सम्पन्न नहुँदा सरकारले दिएको ८ करोडमध्ये ४ करोड फ्रिज भएको थियो।
काठमाडौं उपत्यकाको फोहर फाल्ने बाटोको तिनपिप्ले–ल्यान्डफिलको ८ किलोमिटर सडक समयमै काम हुन नसक्दा ठेकेदारलाई कारबाहीको कुनै कदम चालिएको छैन। सार्वजनिक खरिद ऐन २०६३ अनुसार समयमा काम नसके ठेक्का रद्द गर्ने वा ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने अधिकार हुँदाहुँदै कारबाहीमा कर्मचारी मौन छन्।
बर्सेनि सडक बिग्रेर फोहर व्यवस्थापनमा समस्या पर्ने गरेको छ। तर महानगर आफैंले सडकलाई गति दिन पनि सकेको छैन। ०७० पुस ३० गते ठेक्का सम्झौता भएर ०७१ असार मसान्तसम्म सम्पन्न गर्न कार्यादेश दिइए पनि ठेकेदारले जम्मा ३० प्रतिशत काम सम्पन्न गरेको भौतिक विकास तथा निर्माण महाशाखा प्रमुख भैरव बोगटीले जानकारी दिए।
'फोहर लैजान समस्या भएको भन्ने आइरहन्छ, ठेकेदारले बहाना पारेर काममा ढिलाइ गरिरहेको छ,' उनले भने, 'सुरुमा हामीले टेन्डरमा १० महिनामा सक्नुपर्ने भनेका थियौं। त्यसपछि छिटो सक्छ कि भनेर ६ महिनाको कार्यादेश दिएका थियौं तर भएन।'
उनका अनुसार ठेकेदारले निर्माण सक्न ठेक्का कागजमा १० महिना समय रहेकाले आफूले ६ महिनामा नसक्ने भन्दै ८ महिनासम्म सक्ने बताएको थियो। तर कामको गति हेर्दा १० महिनामा पनि नसकिने छाँट देखिएको उनले आँकलन गरे। ठेकेदारको बचाउ गर्दै उनले महानगरले नै ६ महिनाको समय दिँदा त्रुटि गरेको बताए। 'त्यो काम ६ महिनामा सक्न गाह्रो छ,' उनले भने, 'हामीले नै कार्यादेश दिँदा गल्ती गर्यौं ।' यसबाहेक समयमा निर्माण सामग्री नपाएकाले पनि ढिलाइ भएको उनले बताए। काम सुरु हुनै ढिला भएर फागुनबाट मात्र स्थलगत काम भएको उनले बताए।
'ठेकेदारले माघ १३ गते कार्यादेश पाएर पनि काम थाल्न १ महिना लगाइदियो,' बोगटीले भने। महानगरले सडक हेर्नेलाई ठेकेदारसँग सम्झौता गरेर चढ्नका लागि गाडी पनि बोगटीलाई दिएको महानगर स्रोतले बतायो। 'गाडी चढ्न पाउँछु भन्दै प्रोजेक्ट सकाउन ढिलाइ भएको हुनसक्छ,' स्रोतले भन्यो, 'त्यसैले ठेकेदारलाई कारबाही पनि गर्न सक्दैनन्।'
ठेकेदारले काम सक्न कार्यादेश दिएको छ महिनापछि पनि काम न्यून हुँदा कारबाही गर्ने आधार नभएको भौतिक विकास तथा निर्माण विभाग प्रमुख सञ्जयराज उपाध्यायले बताए। 'हामीले समयसीमा छोटो दिनु नै हाम्रो बाध्यता थियो,' उनले भने, 'ढुंगागिटी पाउन समस्या भएकाले पनि काम प्रभावित बनेको हो।' उनका अनुसार पानी परिरहेका कारण काम गर्न रोकिएको छ।
एकपटक म्याद थप्ने निर्णय भएको र कात्तिकसम्मको समयसीमाभित्र काम सम्पन्न नभए कारबाही गर्ने आधार खुल्ने उनले प्रष्ट पारे। 'मुख्य काम पिचको हो। जुन अहिले गर्न सकिन्न,' उनले भने, 'पिच नहुँदा प्रगति कम देखिएको हो। दुई महिनामा पिच सकिएपछि काम ७०/८० प्रतिशत सकिन्छ।' सरकारले अहिले पनि कार्यक्रम बजेटमा राखेको उनले बताए।
सडकका कारण काठमाडौंको फोहर लैजान पाइएन भन्दै बर्सेनि बर्खाका बेला फोहर रोकिने गरेको छ। महानगरपालिका लगायत ललितपुर उपमहानगरपालिका बाहेक अन्य केही क्षेत्रको समेत फोहर दैनिक नुवाकोटको सिसडोल लगिँदै आए पनि कहिलेकाहीँ पहिरो जाँदा र बर्खाको पानीले सडक बिगार्दा समस्या परेको उनीहरु बताउँछन्।
महानगरपालिका वातावरण महाशाखा श्रेष्ठले वर्षातमा बर्सेनि यस्तो समस्या आइरहेकामा बाटो नबनुन्जेल यस्तो समस्या रहिरहने जानकारी दिए। 'बाटो खराब भए सानोतिनो मर्मत गरेर काम चलाइरहेका हुन्छौं,' उनले भने, 'तर दीर्घकालीन समस्या समाधान आवश्यक छ।'