चितवन- लगातारको वर्षाका कारण आएको पहिरोमा परेर बिहीबार चितवनमा एकजना गर्भवती चेपाङ महिलाको ज्यान गएको छ। शक्तिखोर-२, मा पर्ने पहाडी गाउँ राजवनमा दिउँसो चार बजे पहिरो जाँदा स्थानीय २२ वर्षीया रेनुका चेपाङको ज्यान गएको स्थानीयले जानकारी दिएका छन्।
'पहाडी गाउँमा भएकाले हामीले पनि अबेला मात्रै घटना थाहा पयौं,' शक्तिखोरका स्थानीय बासिन्दा तथा नेपाली कांग्रेस जिल्ला कार्य समिति चितवनका सचिव जीतनारायण श्रेष्ठले भने। घरदेखि केही पर वारीमा काम गर्न जाँदै गर्दा उनलाई पहिरोले पुरेको सचिव श्रेष्ठले बताए। उनको घटना स्थलमै ज्यान गएको थियो।
त्यस्तै चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार योसहित बाढी पहिरोका कारण चितवनमा दुई जनाको ज्यान गएको छ। त्यस्तै डुबानका कारण २२ घर विस्थापित भएको गेलालले जानकारी दिए। शक्तिखोरकै ४० वर्षीया मुर्चुङ चेपाङको बिहीबार स्थानीय कयर खोलाले बगाएर ज्यान गएको हो। बिहीबर साँझ बगेको उनको आज बिहान शव फेला परेको हो।
त्यस्तै रत्नगगर नगरपालिका-५ रमाइलो बस्तीमा २२ घर डुबानमा परेका छन्। डुबानमा परेका सबैलाई बछौली गाविसको मालपुरमा राखेको सहायक प्रमुख जिल्ला अधिकारीले बताए। खहरे खोला र राप्ती र नारायणी नदीमा पानीको बहाव उच्च बन्दै गएको छ। पश्चिम चितवनको मंगलपुर, गुञ्जानरगर, दिब्यनगर र मेघौली जोखिममा परेका छन्।