कञ्चनपुर- महाकाली नदीमा पानीको बहाव बढेपछि सीमा पुल वनबासामा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ।नदीमा पानीको बहाव एक लाख क्युसेक बढी पुगे पछि पुल कमजोर रहेको भन्दै भारतीय पक्षले चार पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आएको छ।
आज बिहान गरिएको मापनअनुसार महाकाली नदीको बहाव एक लाख १३ हजार ९६२ क्युसेक प्रतिसेकेन्ड पुगेको छ। तरकारी बोेकेका भारतीय ट्रकहरू पुल पारीनै थन्किएर बसेका छन्।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार पैदलयात्रु र मोटरसाइकल चालकलाई भने पुलमा आवागमन गर्न दिइएको छ।