जाजरकोट- बुधबार रातिदेखि परेको भारी वर्षात्का कारण आएको पहिरोमा परी जाजरकोटमा घाइते भएकाको समयमै उद्धार हुन नसकेपछि अवस्था थप चिन्ताजनक बनेको छ।पहिरोमा परी घाइते भएकामध्ये सक्ला– ३ बन्डालाका जयलाल बोहराका छोरीहरू १३ वर्षीया आरती र १० वर्षीया कमला, रामीडाँडा–९ धौलाकोटका २६ वर्षीय कर्णे नेपाली, ३० वर्षीया सुधा नेपाली, १२ वर्षीय लले नेपाली र सक्ला– ५ का १४ वर्षका सन्देश बस्नेतको अवस्था चिन्ताजनक रहेको सक्ला– ६ का स्थानीय डिल्ली रावलले बताए।
सदरमुकाम खलङ्गादेखि दुई दिनको पैदलदूरीमा रहेका रामीडाँडा र सक्ला गाविसका विभिन्न गाउँमा बिहीबार बिहान पहिरोले घर पुरिँदा घाइते भएकाको खराब मौसम र सरोकारवालाको बेवास्ताका कारण हालसम्म उद्धार हुन नसकेको हो। सो पहिरोमा परी चार जनाको ज्यान गएको थियो भने १० जना घाइते भएका थिए।
घाइतेमध्ये छ जनाको अवस्था निकै चिन्ताजनक रहेको भएपनि गृहमन्त्रालयले समयमा नै हेलिकोप्टरको व्यवस्था गर्न नसक्दा समस्या परेको हो। जिल्ला दैवीप्रकोप उद्धार समितिको बिहीबारको बैठकले तत्काल घाइतेको उद्धारका लागि मन्त्रालयसँग अनुरोध गरेपनि शुक्रबारसम्म उनीहरूलाई उद्धारको कुनै काम गर्न नसकिएको रामीडाँडा– ८ का चन्द्रबहादुर खड्काले बताए।
एकातिर घाइतेको बेहाल अर्काेतिर विस्थापितको विचल्लीले गर्दा गाउँमा निकै सन्त्रास फैलिएको खड्काले बताए। पहिरोले घर पुरेका र उच्च जोखिममा घर परेर विस्थापित भएका २० परिवारका सर्वसाधारण कालीका मावि रामीडाँडाको प्राङ्गणमा बसिरहेको तथा उनीहरूको लागि कपडा र खानाको समस्या रहेको उनको भनाइ छ।
राति घरमा सुतिरहेको अवस्थामा पहिरोले घर बगाउँदा उनीहरू दुर्घटनामा परेका हुन्। सक्ला र रामीडाँडा गाविसका पहिरो प्रभावित क्षेत्रमा जाने बाटो र पुलसमेत भत्केपछि उनीहरूलाई स्थानीयवासीले समेत सहयोग गर्न पाएका छैनन्। चार जना मृतकका परिवारलाई किरिया खर्चस्वरुप रु १० हजारका दरले सहयोग उपलब्ध गराउन, विस्थापितका लागि कपडा भाडाकुँडा र खाद्य सामग्री लिएर रेडक्रस, उद्योग वाणिज्य सङ्घ, प्रहरी र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको एक टोली पैदल हिँडेर प्रभावित क्षेत्रतर्फ लागेको छ। जाजरकोट उद्योग वाणिज्य सङ्घले शुक्रबार पहिरो पीडितका लागि राहत रकम सङ्कलन गरेको छ।
कार्यसमितिका सदस्यले रु ५७ हजार उठाएको र अन्य व्यापारी र सर्वसाधारणबाट थप रकम उठाएर पीडितको सहयोगका लागि सामग्री प्रभावित क्षेत्रमा पठाएको सङ्घका अध्यक्ष कमानबहादुर खड्काले बताए। पहिरोमा परी रामीडाँडा र रोकायगाउँका ३० घर पूर्णरुपमा ध्वस्त भएका छन् भने अन्य ५० बढी घर पहिरोको उच्च जोखिममा रहेका छन्।
पहिरोले सक्ला, रोकायगाउँ र रामीडाँडाका ४० घरपरिवार बुधबार रातिदेखि परेको अविरल वर्षाको क्रम शुक्रबार रातिसम्म पनि नरोकिएको तथा पहिरो जाने क्रम पनि निरन्तर रहेको स्थानीयवासीले बताएका छन्। बाढी पहिरोका कारण जिल्लाका एक दर्जनभन्दा बढी गाविसमा धान र मकै बाली पूरै नष्ट भएको छ।
बिहीबार रातिदेखि परेको अविरल वर्षात्का कारण आएको पहिरोले छिन्चु जाजरकोट सडकखण्डको कुदुमा सडक भत्काउँदा जाजरकोटको यातायात बन्द भएको छ भने ग्रामीण भेगको फोन सेवा अवरुद्ध भएको छ। -रासस